कर्मफ्लाइट्सको स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
karma flight

पोखरा  । कर्मफ्लाइट्स फाउन्डेसन पोखराले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङ तथा रुकुमका १२ स्वास्थ्य संस्थालाई १८ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाका कार्यक्रम निर्देशक प्रेम कुँवरको सक्रियतामा पश्चिम बागलुङका ३ पालिका निसीखोला, तामाङखोला, बडीगाड तथा ढोरपाटन नगरपालिका र रुकुमपूर्व तथा रुकुम पश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

कोरोना संक्रमणको प्रभाव यस क्षेत्रको समुदाय तहमै बढी परेको र यसलाई कम गर्न स्वास्थ्यकर्मीको आग्रह र स्वास्थ्य संस्थामा अति आवश्यक रहेका स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण गर्न थालिएको कुँवरले बताए ।

बुर्तिवाङ प्राथमिक केन्द्रमा प्रसूति अप्रेसनका लागि आवश्यक कोट्री मसिन १ थान सहित अटोकेल्प १ सेट, सर्जिकल ग्लोब्स २५ प्याकेट, स्टिम पट २५ सेट, फेस मास्क १० प्याकेट गरी १ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

निसीखोलाका ६ वटै स्वास्थ्य चौकी र कोभिड अस्पतालमा गरी १० लिटर क्षमता भएको ४ वटा हाइ फ्लोका अक्सिजन कन्सन्टे«टर, औषधि तथा स्वास्थ्य सामग्री सहित ९ लाख ५४ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
संस्थाले रुकुम सल्ले अस्पताल पुगी मुसीकोट नगरपालिका उपमेयर प्रेमकुमारी सुनारको रोहवरमा १ लाख ४० हजार स्वास्थ्य सामग्री वितरण गरेको छ । जसमा ५ लिटर क्षमताका २ अक्सिजन कन्सन्ट्रेटर, १० प्याकेट मास्क, १० थान इलेक्ट्रिक स्टीम पट लगायत सामग्री उपलब्ध गराइएको स्थानीय साझेदार बाल सहायता केन्द्र रुकुमका अध्यक्ष खेम पुनले बताए ।

रुकुम पूर्वमा १० लिटर क्षमताका २ अक्सिजन कन्सन्ट्रेटर, ९ थान पिपिई सेट, १ थान अक्सिमिटर, १ हजार थान सर्जिकल मास्क, २० प्याकेट सर्जिकल ग्लोब्स गरी ३ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

कर्मफ्लाइट्सले लामो समयदेखि दुर्गमका ६ जिल्लामा शिक्षा र स्वास्थ्य को क्षेत्रमा लगानी गर्दै आएको छ । अहिले ३ जिल्लामा स्वास्थ्य सामग्री सहयोग भएको कार्यक्रम संयोजक राजु परियारले बताए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width