राहतसहित मुख्यमन्त्री मनाङमा

प्रकाश ढकाल
असार ४, २०७८
cm

मनाङ  । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उद्धार र राहत सामग्रीसहित बिहीबार मनाङ आएका छन् । २ दिनअघि भारी वर्षाका कारण मनाङका विभिन्न ठाउँमा ठूलो क्षति पुगेको थियो ।

गृह मन्त्रालयको समन्वयमा व्यवस्था भएको नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्रीसहितको टोली उद्धार र राहतका लागि बिहीबार दिउँसो मनाङ आएको हो । मौसम खराबीका कारण टोली उद्धार कार्यमा भने खटिन पाएको छैन । एक्कासि मौसम खराबीले हेलिकोप्टर उड्न नपाउँदा टोली मनाङ सदरमुकाम चामेमै बसेको छ ।

यसैबीच, मुख्यमन्त्री पोखरेलले पोखरा फर्केपछि तत्काल व्यवस्थापनका लागि बजेट प्रबन्ध गर्ने बताएका छन् । ‘हामी यहाँबाट फर्केर तत्काल व्यवस्थापनका लागि बजेटको प्रबन्ध गर्नेछौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘बाढीपहिरो पीडितको उद्धार र राहतमा सरकार प्रतिबद्ध छ ।’ उनले सरकारले उद्धारमात्र हैन, राहत र बसोबासको व्यवस्था मिलाउने समेत आश्वासन दिए ।

मुख्यमन्त्री पोखरेलले बाढीपहिरो पीडितको उद्धार र राहतमा सरकार प्रतिबद्ध छ ।

टोलीमा सहभागी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले फोटो खिच्न नभइ जनताको दुख बुझ्न आएको स्पष्ट पारेका छन् । जनताको समस्या नजिकबाट बुझेको बताउँदै पोखरा फर्केपछि उद्धार र राहतमा थप कार्यक्रम ल्याउने उनको भनाइ छ । प्रधानमन्त्रीले २ घन्टादेखि हेलिकोप्टर चामेमा थन्क्याएर राजनीति गरेको मन्त्री गुरुङले आरोप लगाएका छन् । राजनीतिको नाममा प्रधानमन्त्रीले चामेमै हेलिकोप्टर यत्तिकै राखेको उनले बताए । मनाङमा अहिले खानेपानी र खाद्यान्नकै समस्या छ । मनाङ जाने बाटो ठाउँ ठाउँमा पहिरो गएको छ भने ६ वटा पुल बगाएको छ । खाद्यान्न र उद्धारका लागि हेलिकोप्टरकै भर पर्नु परेको छ ।

बाढीपहिरोमा परेर घाइते भएका १२ जनालाई बिहीबार पोखरा ल्याउने तयारी गरिए पनि सफल भएन । विशेषगरी गर्भवती, दीर्घरोगी र बालबालिकाहरु लिएर पोखराका लागि उडेको हेलिकोप्टर पुनः फर्किएको छ । मौसममा एक्कासि बदली भएकाले हेलिकोप्टर उद्धारमा पनि खटिन पनि पाएको छैन । सुरुआतमा प्रभु एयरको हेलिकोप्टरमा फर्किन लागेकोमा असफल भएपछि बगरछापमा ल्यान्ड भएको थियो । पछि सेनाकै हेलिकोप्टर पनि केहीबेर उडेर मौसम खराबीले चामेमै फर्किएको छ । मुख्यमन्त्रीसहितको टोली बिहीबार राति सदरमुकाम चामेमा बसेको छ ।

मनाङमा ५ हजार मिटरभन्दा उच्च ठाउँमा यार्सा टिप्न गएकाहरु केही मानिसहरु अड्किएका छन् । उनीहरुको शुक्रबार उद्धार हुनेछ । २५–२५ जनाको ४ टोली यार्सा टिप्न लेकमा गएकामध्ये एउटा टोलीमात्र सम्पर्कमा आएका छन् । उनीहरुमध्ये केही गोठमा आश्रय लिएर बसेका छन् भने नभेटिएकाहरुको बिहान हेलिकोप्टरले रेकी गरेको भए पनि भेटिएको थिएन ।

औषधी, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री गुरुङ, मनाङका सांसद चिन्तबहादुर घलेसहित सञ्चारकर्मी आएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width