झोवाङ स्वास्थ्य चौकीलाई कन्सन्ट्रेटर सहयोग

आदर्श समाज सम्वाददाता
असार ३, २०७८
concentrator donation

पोखरा ।  गण्डकी प्रदेशका सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका ५ स्थित झोवाङको स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।
जोय फाउन्डेसन सहयोगमा उनले डेढ लाख बराबरको १ थान कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

उनले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, दलका प्रतिनिधि, समाजका विभिन्न तह र तप्काका व्यक्ति, नागरिक समाज लागिपर्नु जरुरी भएको बताए ।
नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको कमिटी सचिव विवेक देवकोटा, नेता विष्णु केसी लगायतले सहयोगप्रति आभार प्रकट गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width