मौसम बिग्रेपछि मुख्यमन्त्री पोखरेलसहितको टोली चामेमै रोकियो

आदर्श समाज सम्वाददाता
असार ३, २०७८
cm krishnachandra (7)

पोखरा । मौसममा खराबी आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली अहिले मनाङ सदरमुकाम चामेमा रोकिएको छ ।

गृह मन्त्रालयको समन्वयमा व्यवस्था भएको नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको थियो ।

अहिले मनाङको मौसममा एक्कासी बदली भएकाले हेलिकोप्टर उद्धारमा पनि खटिन पनि पाएको छैन ।

नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा टोली फर्केने योजना थियो । प्रभु एअरको हेलिकोप्टर पनि अहलिे मनाङका बगरछापमा ल्यान्डिङ भएको छ ।

औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ गएको थियो ।

साथमा मनाङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width