मादीका ४ हाइड्रोमा करोडौंको क्षति

धनबहादुर गुरुङ
असार ३, २०७८
Hydro 1

पोखरा । लगातार वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकास्थित ४ वटा हाइड्रोपावरमा क्षति पु¥याएको छ । निर्माण सम्पन्न भएर विद्युत उत्पादन गरिरहेको ३ र निर्माणको चरणमा रहेको १ हाइड्रो कम्पनीमा बाढीले क्षति पु¥याएको हो । मादी १ मा रहेको सिक्लेस हाइड्रो, २ मा रहेको सुपर मादी र हिमालयन हाइड्रो नामार्जुङ साथै वडा ७ मा रहेको अपर मादी हाइड्रो बाढीको मारमा परेको मादी गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिए ।

यीमध्ये सिक्लेस, नामार्जुन र अपर मादीले उत्पादन सुरु गरिसकेको थियो भने ४४ मेगावाटको सुपर मादीको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको थियो । ‘सिक्लेस हाइड्रोको त पुरै संरचना नै बगाएको छ । नामार्जुङमा डुबानमा परेछ, अपर मादीको पुरै ड्याम पुरेको छ,’ गाउँपालिका प्रवक्ता गुरुङले भने, ‘पावर हाउसमा पानी छिरेको भएर विद्युत उत्पादन भएको छैन ।’ सिक्लेस हाइड्रोको विद्युत प्रयोग गरिरहेका वडा १ र २ का बासिन्दा अध्यारोमा बस्न बाध्य छन् । ६ र ७ मा बाटोमा पोल ढलेको कारण विद्युत अवरुद्ध भएका कारण मर्मतको काम चलिरहेको समेत उनले जानकारी दिए ।

हाइड्रोमा मानवीय क्षति नभए पनि भौतिक संरचना भने तहसनहस बनाएको उनको भनाइ छ । ‘कामदार पनि हिजो नै सुरक्षित स्थानमा गइसकेका छन्,’ उनले भने, ‘नामार्जुङका कामदार धेरै रहेछन् । उनीहरु क्याम्प बगाएर त्यही बसिरहेका थिए, बिहान उद्धार गरेर ल्याइयो ।’ निर्माणको चरणमा रहेको सुपर मादीमा निर्माण सामाग्रीसहित संरचना र गाडी बगाएको छ । सोमबारदेखि परेको पानीका कारण आएको बाढीले सुपर मादी हाइड्रोमा १ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको निर्माण आयोजनाले जनाएको छ ।

उता, जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले एउटा १० चक्के ट्रक, १ एक्साभेटरसहित निर्माण सामग्री बगाएको छ । त्यहाँ कार्यरत १ सय ५० कामदारलाई हाइड्रोको वेस क्याम्पमा राखिएको छ भने २ मजदुरलाई हिमालय विद्यालयमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हाइड्रोका अध्यक्ष पुष्पज्योति ढुंगानाले हाइड्रोको ३ एक्साभेटर, ४ टिपर, २ ट्रान्जिट मिक्स्चर, ६ कम्प्रेसर, ४ सय ५० टन बढी डन्डी, १०÷१५ हजार बोरा सिमेन्ट, ३ क्रसर बगाएको दाबी गरे । उनका अनुसार आयोजनाको इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केस लगायत सबै सामान बाढीले बगाएको छ । ‘प्रारम्भिक अनुमानमा बनिसकेको संरचनाहरु ३० करोडभन्दा माथिको क्षति भएको छ । इलेक्ट्रोमेकानिकल इक्प्युपमेन्ट ३० करोडको बगाएको छ,’ उनले भने, ‘हाइड्रो मेकानिकलमा १० करोड माथि क्षति भएको छ ।’ मुहानतर्फ २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको आकलन गरिएको अध्यक्ष ढुंगानाले बताए । आयोजनाको विद्युतगृह पुरिएको, भएभरको निर्माण सामग्री बगाएको, मुहान संरचनामा क्षति पुगेको र प्रारम्भिक अनुमान अनुसार १ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको बताए । विद्युत्गृहमा शत्प्रतिशत क्षति पुगेको छ ।

योसँगै मादीको तटीय क्षेत्रका हुगु, सोंधा, ज्याउदु, भगवतीटार लगायत गाउँका घर जोखिममा परेको गाउँपालिका प्रवक्ता गुरुङले बताए । ‘अहिले सोंधाको ८ घर विद्यालयमा स्थानान्तरण गरिसकिएको छ,’ उनले भने, ‘अरुका बारेमा पालिकाले काम गरिरहेको छ ।’ ज्याउदुबाट जाने सबै बगाएको उनले बताए ।

मादीको ८ मा १ घर विस्थापित हुनुका साथै ४ र १२ नम्वर वडामा गाईबस्तुको गोठमा क्षति पु¥याएको गुरुङले जनाए । १ र २ नम्बर वडाको उच्च भेगमा रहेका भेडी गोठका भेडाहरु बाढीले बगाएको उनले जानकारी दिए ।
यसैगरी, पोखरा १०, रामघाटमा बाढी पस्दा स्थानीयले पालेका केही बंगुर मरेको र केही हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घान्द्रुकमा पहिरो जाँदा ४ घर जोखिममा परेका छन् । पहिरोले चीतकुमारी गुरुङ, छवि थापा, कल्पना परियार र मनमुजा परियारको घरमा क्षति पु¥याएको छ ।

खैरेखोलाले बगाउँदा माछापुच्छ«े–१ की ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको छ । टुसे निवासी परियारलाई मंगलबार बिहान खैरेखोलाले बगाएकोमा उनको शव २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads