स्याङजा सेतीवेणीका ८ घरमा पूर्णक्षति,

आदर्श समाज सम्वाददाता
असार २, २०७८
सेतिवेनी १

स्याङ्जा । केहीदिनदेखिको लगातारको बर्षाका कारण कालीगण्डकी नदी बढेपछि सेतीवेणी बजारका ८ वटा घरमा पूर्ण क्षति पुगेको छ ।

उच्च बाढीका कारण गल्याङ नगरपालिका ५ स्थित सेतीवेणी बजार डुवानमा पर्दा ती घरहरुमा पूर्णक्षति पुगेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। उनले भने ‘मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको धनको क्षति पुगेको छ ।’

पुराना शैलीका ती घरका आधाआधी भाग भत्केका छन् । घरका आधाआधी भाग पानीको डुबानमा छन् । घरभित्रका सामान झिक्न नपाउदा सबै नदीले बगाएका हुन् ।
मानवीय क्षति हुन नदिन प्रहरी, स्थानियबासी, जनप्रतिनिधि र रेडक्रसको सहकार्यमा ती परिवारलाई उद्धारगरी सुरक्षित स्थलमा सारिएको छ ।

प्रनाउ अधिकारीका अनुसार ‘गल्याङ ५ सेतीवेणी निवासी केशबहादुर क्षेत्रीको दुई तले, केशराज न्यौपानेको ३ तले, ठाकुरप्रसाद श्रेष्ठको २ तले, रेशमराज न्यौपाने २ तले, लक्ष्मी पति न्यौपानेको २ तले, गुरुबहादुर क्षत्रीको २ तले घर, तेजराम काफ्ले २ तले, त्रिबिक्रम हेजुको २ तले कच्चीघरहरु पूर्णरुपमा नष्ट भएका छन् ।’

यसैगरी, कालीगण्डकी नदीमा पानीको वहाव कम भएको छैंन । अझैं पनि बजारका अन्य १५ घरहरु सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको वडाअध्यक्ष विष्णुबहादुर क्षेत्रीले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width