गण्डकी सरकारले विश्वासको मत लिने सूचना दर्ता

आदर्श समाज सम्वाददाता
असार २, २०७८
budget photos (2)

पोखरा ।
गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराएका छन् । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र थप मन्त्री परिषद् विस्तार गर्न लागेको छ । अहिले मुख्यमन्त्री बाहेक तीन राजनीतिक दलबाट एक–एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई विना विभागीय मन्त्री बनाईएको छ ।

विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरेको छ । अव विश्वासको मत लिएपछि मात्रै बजेटमाथी थप छलफल प्रारम्भ हुने बताईएको छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ ।

४ गतेपछि मात्रै विश्वासको मत लिन मिल्छ । श्राेतका अनुसार ४ गते नै बिश्वासकाे मत लिन लागिएकाे छ । गण्डकीमा ११ मन्त्रालय छ । अहिले ५ मन्त्री मात्रै नियुक्त भएका छन् । बाँकी मन्त्री नियुक्तीका लागि राजनीतिक पार्टीभित्र छलफल चलिरहेको छ ।

Related News

सम्बन्धित समाचार

    • आउला त डुंगा चालकका दिन ?

      विजय नेपाल श्रावण १२, २०७८
      पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको…
    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads