बजेट वक्तव्य जस्तो भएनः पूर्व अर्थमन्त्री किरण गुरुङ

आदर्श समाज सम्वाददाता
असार २, २०७८
kiran gurung minister gandaki budget

पाेखरा । गण्डकी प्रदेका पूर्व अर्थमन्त्री किरण गुरुङले बजेटको अवधारणा नै नमिलेको बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले मंगलबार पेस गरेकाे बजेटमाथि प्रतिक्रिया दिँदै उनले भने,  ‘उहाँहरुलाई हतार पनि भयो होला । नीतिजस्तो मात्रै बजेट आयो । अमुर्त भयो । बजेट भनेपछि केही न केही रकम विनियोजन हुनुपर्छ,’ उनले भने, ‘निरन्तरता दिइएको छ, आवश्यक बजेट विनियोजन गरिएको छ’ मात्रै भनियो । बजेट वक्तव्य जस्तो देखिएन ।’

उनले रातो किताब आएपछि मात्रै टिप्पणि गर्ने बताए ।

‘अझै पनि विश्लेषण गर्नुपर्छ । रातो पुस्तक पाएको छैन । त्यो पाएपछि मात्रै तर्क गर्न सकिएला । बजेट भाषणजस्तो लागेन,’ गुरुङ भन्छन्, ‘बजेट त हामीले बनाएकै थिएनौं । कार्यक्रम र बजेटका सीमा पठाएका थियौं ।

त्यसबाहेक अरु केही गरेका थिएनौं । यो सबै नयाँ सरकारले गरेको हो ।’ आफू अर्थमन्त्री भएको भए बजेट अझै केही बढ्ने उनी बताउँछन् । ‘मैले अलि बजेट बढाउन सक्थें । आन्तरिक आम्दानी, संघ सरकारको विशेष अनुदान, सशर्त, समपूरक अनुदान बढ्थ्यो ।

माथिको सरकार र हाम्रो सरकार एउटै भएको हुनाले अनुकुल थियो,’ उनले थपे, ‘उहाँहरुलाई अलि गाह्रै होला । ३० अर्ब पनि ठूलै हो । म्यानेज गर्न गाह्रो होला ।’ सरकारले अनुमान गरे झैं चालु वर्षबाट २ अर्ब रकम नजोगिने उनको दाबी छ । नीति तथा कार्यक्रम र बजेटमा विपक्षीको खासै टिप्पणि देखिँदैन ।

Related News

सम्बन्धित समाचार

    • मुक्तिनाथले ल्यायो मासिक व्याजको खाता

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      पोखरा । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक व्याज आर्जन हुने…
    • अण्डाको मूल्य हालसम्मकै उच्च

      रासस श्रावण ११, २०७८
      चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…
    • होन्डा ग्राजियाको बिएसभीआई मोडल

      आदर्श समाज सम्वाददाता श्रावण ४, २०७८
      पोखरा  । पोखराका लागि होन्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स प्रालिले सोमबारदेखि होन्डा ग्राजियाको बिएसभीआई मोडल लन्च गरेको छ…
    • ७४ प्रतिशत बजेट कार्यान्वयन

      श्रीभद्र पौडेल श्रावण ४, २०७८
      हेमजा । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा करिब ७४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेशमा गत आवमा ३४ अर्ब…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads