म्याग्दीका मुख्य सडक अवरुद्ध

आदर्श समाज सम्वाददाता
असार १, २०७८
myagdima sadak abarudda (1)

म्याग्दी । वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । वर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ, बेनी–रत्नेचौर र बेनी–मालढुंगा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निरन्तर पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन कठिनाइ भएको छ ।

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ रुप्से, सोही गाउँपालिका वडा नम्बर २ नैनीबगर र नागढुंगा खण्डमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । त्यस्तै बेनी–दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भीरमा खानीखोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो ।

बेनी –रत्नेचौर र बेनी– मालढुंगा सडक खण्डको विभिन्न स्थानमा समेत बाढी पहिरोको कारण सडक अवरुद्ध भएको प्रनाउ राईले बताए । त्यस्तै पहिरोको कारण दरबाङ–धारापानी–ताकम–मुना सडक पनि अवरुद्ध भएको छ । अवरुद्ध सडक पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । यसैगरी वर्षाका कारण म्याग्दीका मुख्य नदीमा पानीको सहत बढेको छ । म्याग्दी नदी र कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width