द आर्ट अफ लिभिङ गण्डकीद्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असार १, २०७८
art of leaving

पोखरा । द आर्ट अफ लिभिङ गण्डकीले आज लेखनाथ स्थित सङक्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरण सहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर ५ थान, अक्सिजन सिलिण्डर १५ थान, पल्स अक्सिमिटर ५ र अन्य स्वास्थ्य सामग्री सहित एउटा कम्प्यूटर हस्तान्तरण गरिएको जानकारी दिए ।

पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले अस्तपालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले महामारीको समयमा हातेमालो गर्दै सहयोगमा जुट्नु निकै सकारात्मक भएको जनाउँदै वितरण गरिएको सामान के कसरी प्रयोग भएका छन् त्यसको अनुगमन गर्न पनि आग्रह गरे । उनले राज्यले स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरे पनि त्यसको नतिजा सन्तोषजनक हुन नसकेको जनाउँदै प्रभावकारी संयन्त्र मार्फत् यसको अनुगमन गर्नुपर्नेमा धारणा राखे ।

डा. गौचनले सरकारी अस्पतालको उपचार पद्धति र सेवा प्रति आम नागरिकलाई विश्वस्त बनाउन आवश्यक स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको सुनिश्चिता आवश्यक रहेको औंल्याए । उनले विभिन्न सामाजिक संघसंस्थाको साथ र सहयोगले अहिले अस्पतामा अत्यावश्यक उपकरणहरु व्यवस्था हुँदै गएको यसले नागरिकको ज्यान बचाउन थप सहयोग हुने धारणा राखे ।

आर्ट अफ लिभिङका प्रशिक्षक संयोजक महेश्वर गिरीले विश्वको १ सय ६० भन्दा बढी मुलुकमा योग र ध्यानका साधनाबाट स्वथ्य समाजको निर्माणका लागि परेको जानकारी दिए ।
संस्थाका पोखरा संयोजक विश्वमोहन अधिकारीले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा संस्था निरन्तर सक्रिय रहेको जनाउँदै आगामी यस्ता मानवीय सेवाको गतिविधीलाई निरन्तरता दिँदै जाने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width