भूपू खेलाडी मञ्च कावा अध्यक्षमा पराजुली

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८
Manch News 1

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालका कार्यवाहक अध्यक्षमा हरिप्रसाद पराजुली नियुक्त भएका छन् ।

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिवमा नियुक्त मञ्च अध्यक्ष तेजबहादुर गुरुङ व्यक्तिगत कार्यव्यस्तता देखाउँदै मञ्चका प्रथम उपाध्यक्ष पराजुलीलाई कावा अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । पराजुली भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा कृषि विकास बैंक सञ्चालक समिति हुन् ।

यसैबीच, मञ्चले कोभिडविरुद्ध जुध्न गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास फाउन्डेसनले सञ्चालनमा ल्याउन लागेको अक्सिजन ग्यास प्लान्टका लागि १ लाख नगद सहयोग गर्ने भएको छ ।

यस्तै, सोको लागि मञ्च पदाधिकारी तथा आजीवन सदस्यले समेत व्यक्तिगत रुपमा नगद सहयोग गर्ने भएका छन् । मञ्चतर्फबाट फाउन्डेसनका लागि अध्यक्ष तेज गुरुङ, महासचिव खेम गुरुङ, सदस्य भरतकुमार आले, ओम गुरुङ, हरिश्वर पराजुली र आजीवन सदस्य मैयाँ पराजुलीले व्यक्तिगत रुपमा जनही ५ हजार दरले सहयोग गर्ने भएका हुन् ।

मञ्चले कोरोनाका कारण हाल स्वास्थ्य लाभ गरिरहेका कार्यसमिति सदस्य तिलक केसी, आजीवन सदस्य गोकर्ण कार्की र उनकी धर्मपत्नीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यस्तै, बैठकले मञ्च आजीवन सदस्य वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङ र उनकी धर्मपत्नी तथा आजीवन सदस्य रमेश कर्माचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width