हुन्डाइको विद्युतीय गाडीमा चार्जिङ प्वाइन्ट

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८
laxmi

पोखरा । हुन्डाईले नेपालले नेपालका विभिन्न भागमा २१ वटा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ । हुन्डाई गाडीका उपभोक्तालाई निःशुल्क सवारीसाधन चार्ज गर्न सो प्वाइन्टमा प्राथमिकता दिइनेछ । साथै अन्य ब्रान्डका इभी गाडीका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरु अनुसार फरक हुन सक्ने जनाइएको छ ।

हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीको क्षेत्रमा महत्वपूर्ण कदम चालिरहेको छ । नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोन्का र आयोनिक नामक २ मोडल छन् । यी मोडल पछिल्लो समय निकै रुचाइने मोडल हुन् ।

इलेक्ट्रिक सवारी प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो । सरकारले पेस गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो । हालै आव २०७८÷०७९ को बजेटमा विद्युतीय सवारीमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको जनाइएको छ ।

हाल हुन्डाई कोन्का १०० किलोवाट ब्याट्रीको मूल्य ५६।९६ लाख, कोन्का–१५० किलोवाट ब्याट्रीको मूल्य ७१।९६ लाख र आयोनिक–१०० किलोवाट ब्याट्रीको मूल्य ५७।९६ लाख छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो इभी बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ शोेरुम र १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादकमध्येमा पर्दछ ।

Related News

सम्बन्धित समाचार

    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…
    • होन्डा ग्राजियाको बिएसभीआई मोडल

      आदर्श समाज सम्वाददाता श्रावण ४, २०७८
      पोखरा  । पोखराका लागि होन्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स प्रालिले सोमबारदेखि होन्डा ग्राजियाको बिएसभीआई मोडल लन्च गरेको छ…
    • मोटरसाइकल खरिदमा १ लाख क्यास

      आदर्श समाज सम्वाददाता चैत्र १३, २०७७
      पोखरा । पोखराका एक युवकले मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका छन् । पोखरा १४ निवासी नारान परियारले…
    • पोखरामा भित्रिए टाटाका नयाँ मोडलका गाडी

      आदर्श समाज सम्वाददाता फागुन २९, २०७७
      पोखरा । टाटा मोटर्सका नयाँ मोडलका ५ वटा गाडी पोखरामा सार्वजनिक भएका छन् । टाटाको पोखरा क्षेत्रका लागि बिक्रेता दीप…
    • हुन्डाइ का नयाँ गाडी नेपाली बजारमा

      आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      पोखरा । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाइ भेन्यु आइएमटी र हुन्डाइ भेन्यु १।२ एस…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads