नयाँ सरकारले काम थाल्यो : नीति तथा कार्यक्रम आज

प्रकाश ढकाल
जेठ ३१, २०७८
cabinet

फाइल तस्बिर

पोखरा । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गठबन्धन सरकारले आइतबारबाट औपचारिक रुपमै काम थालेको छ । नीति तथा कार्यक्रम एबं बजेटको माचोमा रहेको सरकारका मन्त्रीहरु आइतबार दिनभर नै नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहे ।

मुख्यमन्त्री पोखरेलले आइतबार नै निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग यसबारेमा छलफल गरेका छन् । समय छोटो भएकाले नीति कार्यक्रम र बजेटलाई फास्टट्रयाकबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा कुराकानी भएको मुख्यमन्त्री पोखरेलले बताए । ‘समय अन्तिम प¥यो सोमबार नै नीति कार्यक्रम पेस गर्ने, प्रतिनिधिमूलक रुपमा छलफल गरेर पारित गर्ने कुरामा उहाँसँग कुराकानी भयो, ’ पोखरेलले भने ।

सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकार तीब्रताका साथ लागेको बताए । ‘समयमै नीति तथा कार्यक्रम आउनुपर्छ र बजेट आउनुपर्छ । सोमबार नीति तथा कार्यक्रम र असार १ गते बजेट जसरी पनि ल्याउने नै गरी काममा जुटेका छौं, यो कानुनी व्यवस्था हो,’ खड्काले भने, ‘यसबारे छलफल गर्न मुख्यमन्त्री ज्यू र निवर्तमान मुख्यमन्त्री ज्यूबीच छलफल भएको छ । २ जना बीचको समझदारी अनुसार सरकार पनि अगाडि बढ्छ र संसद पनि अगाडि बढ्छ ।’

सरकारमा सहभागी सबै दलहरुको घोषणापत्रका बुँदा समेतटिने र विगतको सरकारले गरेका कामलाई निरन्तरतता दिने गरी नीति तथा कार्यक्रम र बजेट निर्माण भइरहेको छ । गुरुङ सरकारले दुवै तयार गरिसकेको भए पनि त्यसमा केही हेरफेर गरिएको छ । कोरोना महामारी नियन्त्रण, आर्थिक समृद्धि र सुशासनलाई नै प्राथमिकतामा राखेर सरकार अगाडि बढ्ने मन्त्री खड्काले बताए ।

  • पेस भएकै दिन नीति कार्यक्रम पारित गरिने
  • पाठेघरको क्यान्सरको निशुल्क उपचार
  • विपद व्यवस्थापन कार्ययोजना बनाइने
  • विपक्षीसँग समन्वय गरेरै अगाडि बढ्ने

यसैबीच, गण्डकी सरकारको पहिलो मन्त्री परिषद् बैठकले पूर्व मुख्यमन्त्रीहरुको सम्मानका लागि विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । सम्मानका लागि ऐन बनाउने र त्यसअघि ‘क्याबिनेट अन्डरस्ट्यान्डिङ’ मा केही व्यवस्था गर्ने तयारी सरकारको छ । ‘पूर्व मुख्यमन्त्रीहरुलाई दिने सम्मानका बारेमा अहिलेसम्म नीति नियम रहेनछ । योभन्दा पहिले कोही पूर्व नभएकोले आवश्यक भएन होला । अहिले पूर्व मुख्यमन्त्री हुँदा सम्मान गर्नुपर्छ भनेर अन्डरस्ट्यान्डिङ भएको छ,’ सरकारका प्रवक्ता मन्त्री खड्काले भने ।

आइतबारकै मन्त्री परिषदले सरकारको प्रवक्तामा खड्कालाई जिम्मेवारी तोकेको हो । सम्मान दिने भनेपनि कस्तो खालको सम्मान भन्ने खुलेको छैन । ‘निर्णय केही पनि भएको छैन । पूर्व प्रधानमन्त्रीहरुलाई संघमा के गरिन्छ त्यसलाई अध्ययन गर्ने र हाम्रोबीचमा पनि सल्लाह गरेर त्यो पदको गरिमा रहने गरी एउटा व्यवस्था गर्छौं,’ उनले भने, ‘३ वर्ष सहकार्यमा चलेका छौं । अब पनि त्यसरी नै चल्ने छौं । त्यसैले सम्मान र मर्यादामा कमी नहुने गरी यहाँको स्रोत र साधनले साधनले भ्याउने गरी अधिकतम गर्ने कुरा छ ।’

क्याबिनेट बसे पनि मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेल मातहत राखिएको छ । बजेटको संघारमा रहेको सरकारले मन्त्रालयको विभाजन नगर्दा काममा समस्या देखिएको छ । ‘छिटै बजेट ल्याउनु परे वाचन मुख्यमन्त्री ज्युले गर्नु हुन्छ । कार्यविभाजन पनि छिटै होला,’ खड्का भन्छन्, ‘विश्वासको मत नलिई अरु काम कारबाही अगाडि बढाउँदा नैतिक प्रश्न हामीमथि आउँछ । विश्वासको मत लिएर थप कार्य अघि बढाउने होला ।’ यहि गठबन्धन विपक्षमा हुँदा अल्पमतमा परेको सरकारलाई विश्वासको मत नलिई नियमित गतिविधि नगर्न भन्दै बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल नै गरेन ।

यसअघि मुख्यमन्त्रीको पदभार ग्रहण भएको दिन नै सरकारले २ विशेष निर्णय गरेको छ । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको हो । यसबाहेक विपदमा परेकाको उद्धारका लागि कार्ययोजना बनाउने र तत्काल उद्धार गर्ने निर्णय पनि गरिएको छ ।

गण्डकीमा संविधानको धारा १६८ उपधारा (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि उपधारा (५) बमोजिम कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उनको शनिबार नै अन्य ४ मन्त्री सहित शपथ भएको थियो ।

Related News

सम्बन्धित समाचार

    • आउला त डुंगा चालकका दिन ?

      विजय नेपाल श्रावण १२, २०७८
      पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको…
    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…
    • कोरोना कहरमा झन् बढे भ्रष्टाचारका उजुरी

      धनबहादुर गुरुङ श्रावण ११, २०७८
      पोखरा । कोरोना महामारीकै बीचमा गत वर्षको पुस २२ गते तनहुँमा १ जना इन्जिनियर डेढ लाख घुससहित पक्राउ परे ।…
    • पछिल्लो १ हप्तामा २८ सय ८९ जना संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १ हप्तामा थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads