भालुपहाडमा पहिरो खस्यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

भवानी अधिकारी
जेठ ३०, २०७८
Bhalu Pahad

स्याङजा, ३० जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–स्याङ्जा खण्डको भालुपहाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

केही दिनदेखिका लगातार बर्षाका कारण पहाड खसेको हो । फेदिखोला गाउँपालिका २ स्थित भालुपहाडसंगैको राजमार्ग विस्तारका लागि करिब ८÷९ महिनादेखिको पहाड कटान भइरहेको थियो ।

भालुपहाडको माथिबाट ढुगांसहितको ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए । उनका अनुसार आइतबार राति २ बजेतिर पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।
पोखराबाट सडक विभागको डोजर ल्याएर सडक खुलाउने तयारीमा जुटेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width