मनमनमा मनकारी कार्की

असफल गौतम
जेठ ३०, २०७८
Rama Karki

पोखरा । मन भएन भने धन भएरमात्रै हुँदैन, यसैले समाज विशृंखल देखिन्छ । यद्यपि केही अपवादका रुपमा शृंखला मिलेका सन्दर्भ पनि । यस्तै सन्दर्भ रीता केसी कार्कीको जीवनमा मेल खान आउँछ ।

धनले कसैलाई पुगेको आजसम्म देखिएको छैन तापनि मनले भरिपूर्ण मनकारी रमा केसी कार्की भौतिक रुपमा अब हाम्रा माझ छैनन् । कार्कीको ६३ वर्षको उमेरमा १८ जेठमा निधन भयो तर उनको सामाजिक, आध्यात्मिक र धार्मिक व्यक्तित्व भने जीवन्त छ ।

तोरणबहादुर र गौरी खत्रीका कोखबाट २०१५ चैत २४ गते लामाचौरमा जन्मेकी कार्कीको मकवानपुर निवासी नरेन्द्रध्वज कार्कीसँग विवाह भएको थियो । आफ्ना कोखबाट ३ छोरा रवीन्द्र, शैलेन्द्र र सुजेन्द्रको जन्म दिएकी कार्कीले आत्मज पुत्रका रुपमा राजेन्द्र चौधरीको लालनपालन गर्दै आएकी थिइन् । त्यसैले चौधरीका पतिपत्नी र ३ छोराछोरीलाई पनि उनले मातृवात्सल्य स्नेह प्रदान गरेकी थिइन् ।

मनकारी कार्कीले सामाजिक सेवामा गरेका काम उल्लेख्य छन् तर उनी ॐ शिवशक्ति कल्याणी केन्द्रकी संस्थापक अध्यक्ष र १७ वटै शाखाकी सहसंरक्षक थिइन् । यसका साथै उनी योगी नरहरिनाथ दुर्गा दलकी संस्थापक अध्यक्ष, सनातन धर्म महासंघ, राष्ट्रवादी केन्द्रको अध्यक्ष, सनातन धर्म रक्षा आध्यात्मिक जागरण अभियानको संयोजक, माँ कल्याणी वैदिक कन्या गुरुकुल देवघाटकी सहसंरक्षक, योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्की सल्लाहकार, सुरथेश्वर शिवालय लामाचौरकी गुठीयार सदस्यका साथै लायन्स क्लब अफ पोखरा अर्पण, विश्वहिन्दु महासंघ, मानवसेवा सदनकी आजीवन सदस्य रहेर आध्यात्मिक, धार्मिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिएकी थिइन् ।

उनले ॐ शिवशक्ति कल्याणी केन्द्र दोलखालाई घरसहित २९ रोपनी, पोखरा शाखालाई पोखरा १९ मा ४ आना, माँ कल्यायी वैदिक कन्या गुरुकुल देवघाटलाई जग्गा, स्नेही काख ललितपुरलाई वार्षिक १२ हजार सहयोग, विभिन्न स्थानमा पार्टी पौवा निर्माण तथा उल्लेख दान गरी आफूलाई मनकारी दाताका रुपमा चिनाएकी थिइन् । कार्कीको योगदानको कदर गर्दै सुरथेश्वर शिवालय लामाचौर, इन्द्रराज्यलक्ष्मी मावि, मानवसेवा सदनलगायतका दर्जनौं संघसंस्थाले विभिन्न सम्मान अर्पण र अभिनन्दन गरेका थिए ।

आज हामी माझ उनको भौतिक शरीर छैन तर उनले निर्माण गरेका तमाम सामाजिक र आध्यात्मिक सन्दर्भसँग जोडिएका भौतिक संरचना छन् । अब तिनको संरक्षण, उचित स्याहारसम्भार गर्नु सबैको कर्तव्य र उनीप्रतिको सच्चा श्रद्धाञ्जली हो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width