बिरुवा गाउँपालिका ४ मा कांग्रेसको राहत

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
NC Biruwa Palika Photo

पोखरा, २९ जेठ । नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका ४ स्याङ्जाले खाद्यान्न र औषधी सहयोग गरेको छ । कांग्रेसको वडा कमिटीले साबिकको ओरष्टे गाविसभित्र रहेका गरिब तथा विपन्न परिवारलाई शनिबार राहत उपलब्ध गराएको हो ।

पालिकाको ४ नम्बर वडाभित्र रहेको २ सय ५० घरलाई खाद्यान्न वितरण गरेको नेपाली कांग्रेस स्याङ्जाका प्रदेश सचिव डोलराज पोखरेलले जानकारी दिए । खाद्यान्नमा चामल, तेल, दाल र नुन वितरण गरेको प्रदेश कार्यसमिति सदस्य नरेश पोखरेलले बताए ।

कोरोना महामारीको समयमा गाउँमा सचेतना जगाउँदै भिटामिन ‘सि’, सिटामोल, मास्क र हात धुने साबुन पनि वितरण गरिएको वडा इकाइ उपसभापति मुक्त गुरुङको भनाइ थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रकान्त पोख्रेलले महामारीको समयमा वडा इकाइ कमिटीले सराहनीय काम गरेको धारणा राखे । बिरुवा ४ घर भई पोखरालगायत देशको विभिन्न सहरमा बस्ने साथै विदेशमा रहेकाले दुखको बेला गाउँलाई सम्झिएकोमा नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका उपसभापति नारायण पोखरेलले धन्यवाद दिए । वडा इकाइ सभापति ऋषिराम शर्माले आगामी दिनमा पनि वडाबासीबाट सहयोगको अपेक्षा गरे ।

वडा ४ मा दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई लकडाउनपछि समस्या सुरु भएकाले राहतले धेरै सहयोग पुग्ने वडा इकाइ सचिव ज्योतिप्रकाश थापाले बताए।

Related News

सम्बन्धित समाचार

    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • ओढारमा २२ नाल भरुवा बन्दुक भेटियो

      रासस श्रावण ११, २०७८
      गलकोट । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको…
    • गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आर्युुबेदिक कार्यालयहरुको अनुमगन…
    • पदभार ग्रहणसँगै मन्त्री शर्माका २ निर्णय

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads