ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु   

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
google-ai-predict-death-artificial-intelligence

गलकोट । बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिनुभयो ।

ग१त ६३०३ नंको ट्र्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुनुहुन्छ । प्रहरीले ट्र्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।
रासस

Related News

सम्बन्धित समाचार

hero news full width