Worldlink ads

तनहुँमा ‘फोन पाठशाला’

रासस
जेठ २९, २०७८
school

दमौली । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला शुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् ।

विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरुको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको अवधारणा अगाडि बढाएको हो । कोरोना कहर र निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि फोन पाठशाला सञ्चालन गर्न लागिएको छ । यसका लागि साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ३३ विद्यालयका ६१ जना नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई अभिमुखीकरण गरिएको छ ।

फोन पाठशाला मार्फत् पुनः विद्यार्थीहरुसँग जोडिन पाउने भएपछि उत्साहित भएको भानु संस्कृत माध्यमिक विद्यालयका शिक्षक गीता आचार्यले बताउनुभयो । भृकुटी माध्यमिक विद्यालयका शिक्षक देवी सिग्देलले विद्यार्थीको सिकाइका लागि फोन पाठशाला प्रभावकारी हुने बताउनुभयो ।

कोरोनाका कारण विद्यालय बन्द भई विद्यार्थीको सिकाइमा भएको क्षति कम गर्न फोन पाठशालाको अवधारणा अगाडि बढाएको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिनुभयो । विद्यार्थी सिकाइ सहजीकरणका लागि रुम टु रिडले रेडियो स्कूल, अनलाइन पुस्तकालय र फोन मार्फत् अभिभावक शिक्षा समेत सञ्चालन गरिरहेको छ ।

विद्यालयका कक्षाकोठामा रमाउनुपर्ने बालबालिकाहरु कोरोना कहरले घरमै बस्न बाध्य हुँदा पठनपाठनमा क्षति पुगेको छ । घरमा बसिरहेका विद्यार्थीको सिकाईमा सहजीकरणका लागि फोन पाठशाला सञ्चालन हुने संस्थाले जनाएको छ । संस्थाले सबै पालिकाका शिक्षा शाखा प्रमुखहरुसँग यसबारेमा अनलाइन बैठक समेत गरेको छ । सबै पालिकाले यसका लागि अनुमति दिएका छन् । फोन पाठशालामा विद्यार्थीहरुको सिकाई कठिनाइका आधारमा हरेक विद्यार्थीलाई के सिकाउने भनी कार्ययोजना तयार गर्ने र सोही कार्ययोजना अनुसार विद्यार्थीलाई महिनामा कम्तिमा तीन पटक फोन गरी फोनबाट सिकाइने रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत खड्काले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    • नेल्टामा अजय थापा

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      पोखरा । अंग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरुको व्यावसायिक संगठन (नेल्टा) कास्कीमा अजय थापा अध्यक्षता निर्वाचित भएका छन् । संस्थाको २२…
    • म्याग्दीमा असोज १ देखि विद्यालय खुल्ने

      आदर्श समाज सम्वाददाता भाद्र २८, २०७८
      म्याग्दी, २८ भदौ ।  कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्ड असोज १…
    • विद्यार्थी छनोटमा निष्पक्षता अपनाउँदा जनप्रियको उत्कृष्ट नतिजा

      आदर्श समाज सम्वाददाता भाद्र २८, २०७८
      पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको एमबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट दोस्रो सेमेस्टरको परीक्षाफल प्रकाशन भएको छ । एमबिए दोस्रो सत्रको नियमित…
    • गण्डकी विश्वविद्यालयको डिनमा डा. कपिल अधिकारी

      आदर्श समाज सम्वाददाता भाद्र २५, २०७८
      पोखरा। गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । उपकुलपति प्राडा नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डिन…
    • विद्यालय कतै खुले, कतै खुलेनन्

      आदर्श समाज सम्वाददाता भाद्र २०, २०७८
      दमौली  । गत आइतबारदेखि जिल्लाका कतिपय स्थानीय तहले भौतिकरुपमै पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा ल्याउँदा कतै भने अझै अन्यौल कायमै…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads