बाटो निर्माणमा किन ढिलाइ ?

सविन लामिछाने
जेठ २९, २०७८
tanahu road

दमौली । जिल्ला दरमुकाम दमौलीबाट नजिककै छ, साँगे । बिजुली, सडक, खानेपानी लगायत आवश्यक पूर्वाधार पुगेको साँगे व्यास ५ र ६ मा पर्छ । आफ्नो दैनिक कामको लागि कच्ची सडक रहेको सिन्धुमार्गबाट यहाँका सर्वसाधारण आवतजावत गर्दछन् ।

२०७२ सालमा उक्त सडकको स्तरोन्नतिका लागि ग्रामीण सडक सुदृढीकरण आयोजनाअन्तर्गत (एसएनआरटिपी) परियोजनाले ९ करोड ८५ लाख रुपैयाँ बजेट आयो । लामो समयदेखि धुलो, धुवाँ खेप्दै आएका साँगेवासीमा सडक पिच हुने खबरले खुसीयाली चुलियो । स्तरोन्नति गर्ने जिम्मेवारी वाइपी कन्स्ट्रक्सनले पायो । कन्स्ट्रक्सनलले डेढ वर्षमा सिन्धु मोटरमार्गको १२.३ किमी सडक स्तरोन्नति सक्ने गरी माघ ८ गते सम्झौता ग¥यो । तर कम्पनीले समयमा नै काम सकेन । स्थानीय तह, प्रदेश र संघ सरकारको निर्वाचन कारण देखाउँदै २०७४ वैशाखदेखि १० महिना म्याद थप गरेर काम गर्न सुरु ग¥यो । पहिलो पटक पनि म्याद थप गर्दा काम सकिएन । निर्माण सामग्री अभाव कारण देखाउँदै कम्पनीले फेरि २०७५ मंसिरसम्म म्याद थप ग¥यो । तर समयमै भुक्तानी नभएको कारण देखाउँदै कम्पनीले तेस्रो पटक २०७६ भदौसम्म म्याद थप ग¥यो । त्यो बेलासम्म सडक स्तरोन्नति कार्य आधा पनि सकिएको थिएन । पटक–पटक म्याद थप गर्ने कम्पनीले सोचिरहेको बेला अनुदानमा आएको रकम फ्रिज भयो । त्यो बेलासम्म अनुदानको रकमबाट कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । तर, समयमा नै काम नभएपछि अनुदानमा आएको रकममध्ये २ करोड फ्रिज भएको थियो ।

‘माकुराको जालोजस्तो काम पनि । कही काम नै भएका छैन, कतै भएका पनि भत्किएका छन् ।’

त्यसपछि गण्डकी प्रदेश सरकारले उक्त अलपत्र परेको योजनाको लागि ३ करोड विनियोजन गर्‍यो । तर, ३ पटकसम्म म्याद थपेर गत वर्ष चैतसम्म सक्ने सम्झौता गरेको ठेकेदार कम्पनीले अझैसम्म सकेको छैन । ‘खै अब हामीले त आश पनि मारिसक्यौं, अब वटासिलसहितको सडक बन्न बनेर,’ बाह्रबिसेकि अन्जु प्रधानले भनिन्, ‘धुलो, धुवाँ खाने त बानी परि सक्यो । बर्खामा हिलो हुन्छ । हिउँदेमा धुलाम्य हुन्छ ।’

व्यास ५ पतेनीदेखि व्यास ६, भत्तेरीसम्म वटासिलको काम भएको छ । तर वटासिल भत्किएका छन् । वटासिलभन्दा पहिला सडकको धुलो खेप्दै आएका स्थानीय भने अहिले खाल्डाखुल्डीको मर्कामा परेका छन् । अर्का स्थानीय सफल पण्डितले भने, ‘माकुराको जालोजस्तो काम पनि । कही काम नै भएका छैन, कतै भएका पनि भत्किएका छन् ।’

यता, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले वाइपी कन्स्ट्रक्सन सञ्चालक रत्न प्रधानलाई पटक–पटक स्पष्टीकरण लिए पनि काम पूरा हुन नसक्दा स्थानीय निराश बन्दै गएका छन् ।

कम्पनीको लापरबाहीले निर्माणमा ढिलाइ भएको जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालय प्रमुख ओमराज ढुंगानाले भने, ‘पटक पटक जरिवाना तिराएका छौं । अब अन्तिम मिति असारसम्म छ । उक्त समयसम्म काम नसके धरौटी जफत हुन्छ ।’

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width