गण्डकीमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८

पोखरा । गण्डकी प्रदेशमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त भएका छन् । शुक्रबार ३४७ जनाले कोरोनामुक्त भएसँगै ४२ हजारभन्दा बढीले कोरोना जितेका हुन् । पछिल्ला दिनमा कोरोना संक्रमितभन्दा कोरोना जित्नेको संख्या बढी थियो ।

सबैभन्दा बढी कास्कीमा १९ हजार ११९ जना र कम मनाङमा ८७ जनाले कोरोना जितेका छन् । पछिल्लो १ हप्तामा ६ हजार ७५८ जना कोरोनामुक्त भए । नेपालभर पछिल्लो २४ घन्टामा थप ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत छ ।

शुक्रबार प्रदेशमा थप थप ३७६ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ हजार ४०२ जनाको नमुना परीक्षण गरिएकोमा २६.८१ प्रतिशतमा कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका १११ सहित म्याग्दीका ३१, पर्वतका ४४, गोरखाका २७, लमजुङका ३२, तनहुँका ३७, बागलुङका ११, स्याङ्जाका ५, मुस्ताङका १ जना र नवलपुरका ७७ जनामा कोरोना देखिएको हो । मनाङबाहेक प्रदेशका १० जिल्लामा २ सय पुरुष तथा १७६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा नेपालभर थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घटेर ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आइसियुमा र ३६६ जना भेन्टिलेटरमा छन् ।

प्रदेशमा ६ जनाको मृत्यु

गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्कीका ३, गोरखा, नवलपुर र ओखलढुंगाका १÷१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका १३ का ५६ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १५ का ५७ वर्षीय पुरूषको मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । पोखरा १३ का ५८ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

यसैगरी नवलपुरको कावासोती नगरपालिका १४ का ९४ वर्षीय पुरूषको होम आइसोलेसनमा मृत्यु भएको हो । गोरखाको सिरानचोक गाउँपालिका ३ का ५६ वर्षीय पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा निधन भएको हो । ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ का ३८ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८२३ पुगेको छ । नेपालभर पछिल्लो २४ घन्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुने दर नेपालमा १.६ प्रतिशत छ ।

Related News

सम्बन्धित समाचार

hero news full width