विपद व्यवस्थापनको पूर्व तयारीमा जुट्दै वालिङ

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
Bipad News Waling Jeth 28

वालिङ । विपदका कारण हुनसक्ने जनधनको क्षति कम गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलवायु परिवर्तनका कारण हुनसक्ने सम्भावित क्षति कम गर्नका लागि आवश्यक तयारीमा जुटेको हो ।

नगर प्रमुख एवं नगरस्तरीय विपद व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरणलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने निर्णय भएको हो ।

गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई विशेष ख्याल गर्ने बैठकले निर्णय गरेको छ । जोखिमयुक्त वस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने, विपद न्यूनीकरणका लागि समयमै उद्धार गर्ने कार्यकालागि आवश्यक उपकरणहरुको खरीद गरी उद्धार कार्यलाई छिटो छरितो गराउने निर्णय भएको छ ।

वालिङ नगरभित्रका मनसुनजन्य विपदमा परी विभिन्न घरहरु भत्किने र पुर्नस्थापना तथा प्रबलीकरण गर्नपर्ने घरहरुको लागि नेपाल सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत रकम बेहोर्ने व्यवस्था भए बमोजिम वालिङ नगरपालिकामा स्वीकृत भई आएका घरहरुका लागि नगरपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय भएको छ । वालिङ नगरपालिकाभित्र गतवर्षको असारदेखिको वर्षाका कारण आएको पहिरो तथा बाढीका कारण पुर्नस्थापना गर्नुपर्ने घर संख्या ६३, प्रबलीकरण गर्नुपर्ने घर संख्या ८७ र पुनर्निर्माण गर्नुपर्ने घर संख्या ३६ रहेका छन् । त्यस्तैगरी वालिङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम तथा जिन्सी सहयोग गर्ने, सवारी साधनहरु उपलब्ध गराउने, स्वयंसेवकको रुपमा कार्य गर्ने सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width