ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
pcc

पोखरा । पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ को महामारीको बेला कर्म क्षेत्रमा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गर्दै बिहीबार ती सामग्री हस्तान्तरण गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बताए ।

‘सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राख्दै मास्क, सेनिटाइजर, पन्जा र फेस सिल्ड दिइएको हो’, उनले भने, ‘आवश्यक पर्दा बाटोमा मास्क बिना हिँड्ने बटुवालाई पनि मास्क दिन हामीले आग्रह गरेका छौं ।’ स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा संघका कोषाध्यक्ष तथा पोउवा संघ कोभिड भाइरस राहत संकलन उपसमिति संयोजक बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री र कार्यसमिति सदस्य तथा स्वास्थ्य उपसमिति संयोजक भरत केसी सहभागी थिए । संघले यसअघि पोखराको लामाचौरमा रहेको मातृशिशु अस्पताल तथा लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कोषाध्यक्ष बलराम आचार्यले बताए ।

खोप ल्याउन अनुमति देऊ
थोक व्यवसायी संघ कास्की तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले सक्दो छिटो खोपको प्रबन्ध गरिदिन पोखरा उद्योग वाणिज्य संघ गुहारेको छन् । थोक व्यवसायी संघका अध्यक्ष लोखनाथ सुवेदी तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष राजु पौडेलले संघका अध्यक्ष नारायण कोइरालालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । दुबै संस्थाको ज्ञापनपत्रमा निषेधाज्ञाका कारण व्यवसाय चौपट भएको र निषेधाज्ञा समस्याको समाधान नभएकाले खोपको व्यवस्था गरिनुपर्ने माग गरेका हुन् । ज्ञापनपत्र बुझ्दै संघका अध्यक्ष नारायण कोइरालाले सरकारले स्वीकृति दिए पोखरा उद्योग वाणिज्य संघ खोप ल्याउन तम्तयार रहेको जानकारी दिए । संघले यसअघि नै नेपाल सरकारसँग निजी क्षेत्रलाई खोप ल्याउने अनुमति दिन आग्रह गरेको स्मरण गर्दै स्वीकृति पाएमा नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा खोपको प्रबन्ध गरिने बताए ।

Related News

सम्बन्धित समाचार

    • पोखरा महानगरको बजेट ६ अर्ब २७ कराेड- पूर्णपाठसहित

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पाेखरा । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु…
    • संक्रामक अस्पतालमा छिट्टै अक्सिजन प्लान्ट

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउन्डेसन बेल्जियमको…
    • वेष्ट फाइनान्सको सोलार प्यानल सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । मेलम्चीमा आएको बाढीले पर्‍याएको क्षतिले…
    • जनप्रियलाई कृषि विकास बैंकको सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । कृषि विकास बैंकले जनप्रिय बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री, कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकको गण्डकी प्रदेश…
    • ‘खोप नदिए ग्यास दिन्नौं’

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । आफूहरुको लागि कोरोनाविरुद्धको खोप प्राथमिकतामा नराखेको भन्दै ग्यास विक्रेता आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि खाना पकाउने एलपी ग्यास…

    hero news full width

    sanil ads

    wordlink ads