पोखराबाट पक्राउ परेको गणेश लामा रिहा

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
Ganesh Lama

पोखरा  । पोखराबाट पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा रिहा भएका छन् ।

लकडाउन उल्लंघन गरेको भन्दै पोखरा लेकसाईडबाट पक्राउ परेको लामा शुक्रबार २ हजार धरौटी तिरेर रिहा भएका हुन् । उनीसँगै पक्राउ परेका नेता चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् । पक्राउ गरेका तीनै जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखेको थियो । राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका गरिएपनि पार्टीको महाधिवेशका लागि पोखरा आएको लामाले बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएपछि रिहा गरिएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए । राजनीतिक चलखेलका लागि पोखरा आएको भनाई प्रतिको आपत्ति छ ।

लामालाई बिनाकारण पक्राउ गरेको भन्दै कास्की काँग्रेस र उसका भातृ संस्थाहरुले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादती विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । लामा केही समय अगाडि गुण्डा नाईकेको रुपमा परिचित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width