पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको जानकारी औपचारिक रुपमा संसद सचिवालयले शुक्रबार मात्र प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।
संसद सचिवालयको पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविध २०७२ को धारा १६८ उपधारा ५ अनुसारको सरकार गठनका लागि २४ घन्टा सयम दिएर आह्वान गरेकी हुन् । जस अनुसार भाेलि दिउँसाे ३ बजेसम्म वैकल्पिक सरकारको दाबी गर्न सकिने छ ।
प्रदेश सभामा हिजो मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत पपरेको थियो । विपक्षमा भने ३० मत परेको थियो ।
गुरुङ सरकारमा मन्त्री रहेका दीपक मनाङे नै मुख्यमन्त्रीलाई भोट हाल्न गएनन् । जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापाले कतै पनि मत हालेनन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ ।
कांग्रेस, माओवादी, जनमोर्चा र जसपाले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा यस अघि नै प्रस्ताव गरिसकेका छन् ।
३ सदस्य रहे जनमोर्चा भने सरकारमा सामेल हुने छैन ।
सिधा अर्थमा हेर्दा दीपक मनाङेले साथ दिएमा गठवन्धन सरकार बन्ने पक्का छ । तर सरकारी पक्ष भने कुनै कागजी समस्या खडा गरेर संसद विघटनको मुडमा छ । जसरी हुन्छ यही सरकारले चुनाव गराउने गरी संसद विघटनको दाउमा सरकारी पक्ष छ ।
पहिलोपटक २०७४ फागुन ४ मा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बाले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने चाल पाएपछि वैशाख २ गते प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको थिए ।
अविश्वासको प्रस्ताव दर्तासहित विशेष अधिवेशन विपक्षीले मागेपछि वैशाख २६ मा मुुख्यमन्त्रीले राजीनामा दिएका थिए । उनली वैशाख २९ मा फेरि पुनर्नियुक्त भएका थिए ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१