जनमाेर्चाका कृष्ण थापा फेरि बर्खास्त 

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
krishna thapa

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि कारवाहीमा परेका छन् । उक्त  दलले कारवाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता भएको छ । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनकाे कारवाही सम्बन्धी पत्र पढेर सुनाए ।

यसअघि नै कारवाहीमा परेका थापाकाे पद सर्वाेच्चको अन्तरिम आदेशपछि थमाैती गरेको थियो ।

पार्टीको ह्विप पालना नगरेको भन्दै उनमाथि कारवाही भएको हो ।

यता कार्यव्यवस्था परामर्श समितको बैठक नै नवसी सभामुखले मनमाैजी रुपमा बैठक डाकेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको छ ।

सभामुखले बैठक आइतबार १ बजेका लागि बोलाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width