जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते   

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
accident

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते ुभएको प्रहरीले जनाएको छ । घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।    रासस

Related News

सम्बन्धित समाचार

    • ट्याक्टर दुर्घटनामा मृत्यु

      आदर्श समाज सम्वाददाता असार ९, २०७८
      बागलुङ  । बागलुङ नगरपालिका वडा ३, रात्माटामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान ध १ च…
    • कास्कीमा दुर्घटनामा दुईको मृत्यु

      रासस असार ७, २०७८
      पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद…
    • स्याङजा सेतीवेणीका ८ घरमा पूर्णक्षति,

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      स्याङ्जा । केहीदिनदेखिको लगातारको बर्षाका कारण कालीगण्डकी नदी बढेपछि सेतीवेणी बजारका ८ वटा घरमा पूर्ण क्षति पुगेको छ । उच्च…
    • भीरकोटमा जीप दुर्घटना एकको मृत्यु ६ घाईते

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      स्याङ्जा । भीरकोट नगरपालिका ४ मा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजनाको सकुशल उद्धार…
    • मनसुनको सुरुमै वर्षाको वितन्डा

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      पोखरा। मनसुन थप सक्रिय भएसँगै बाढीपहिरोले कास्कीसहित छिमेकी जिल्लामा क्षति पुगेको छ । भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त हुन पुगेको…

    hero news full width

    sanil ads

    wordlink ads