पोखरा । आदर्श समाज राष्ट्रिय दैनिकका पूर्व सम्पादक, नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहेका उनलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकोमा बिहीबार बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरुञ्चौरमा जन्मिएर पोखरा ५ मा स्थायी बासिन्दा बास्तोलाका २ श्रीमती, ३ छोरा र १ छोरी छन् ।
पोखरामा झण्डै ३ दशक पत्रकारिता गरेका बास्तोलाले पोखराको माछापुच्छ«े एफएम, माइक्रो न्युज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोता, सहसम्पादक र सम्पादक पदमा रही काम गरेका थिए ।
यसैबीच बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जलीसभामा महासंघका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उनले पु¥याएको योगदानको चर्चा गरेका थिए । असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलगायत पत्रकार सम्बद्ध संघसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुख व्यक्त गरेका छन् ।
बास्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले १ कुशल, ऊर्जाशील, इमानदार र यस क्षेत्रको अभिभावक गुमाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा स्व. बास्तोलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश) को पनि कोरोना संक्रमण भई निधन भएको थियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय पार्षद उनी आनन्द मार्ग आध्यात्मिक संघ पोखरा शाखाका संस्थापक पनि हुन् ।
यसैबीच स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले शोक विज्ञप्तिमार्फत बास्तोलाको निधनप्रति दुख व्यक्त गरेका छन् । विज्ञप्तिमा संस्थाले १ विवेकशील र संयमशील व्यक्तित्व गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१