गण्डकीमा ढल्यो गुरुङ सरकार, विश्वासकाे मत प्राप्त भएन

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
ps gurung

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको प्रस्ताव प्राप्त गर्न सकेनन् । योसँगै गुरुङ सरकार ढलेको छ ।

बिहीबार प्रदेश सभामा भएको विश्वासको प्रस्तावमाथि मतदान हुन्दा गुरुङको पक्षमा २७ मत पर्दा विपक्षमा भने ३० मत प¥यो । दीपक मनाङे अनुपस्थित हुँदा जनमोर्चाबाट कारवाहीमा परेका कृष्ण थापा भने तटस्थ रहे । सभामुखले बराबर भएमा मात्र मतदान गर्न पाउने प्रावधान छ ।

प्रदेश सभामा सभामुख सहित ६० सदस्य छन् ।

गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए ।

१ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आजका लागि समय मागेका थिए ।

अब प्रदेश प्रमुखले १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width