दीपक मनाङले दिए विपक्षीलाई हस्ताक्षर

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
dipak manange

फाइल तस्बिर

पोखरा । पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा रहेका राजीव गुरुङ(दीपक मनाङे) ले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिएका छन् ।

माओवादी सांसद लेखबहादुर थापाका अनुसार मनाङेसहित ३१ जनाको हस्ताक्षर संकलन भइसकेको छ ।

हिजोको मन्त्रिपरिषद बैठकमा सामेल नभएका मनाङे सम्पर्कविहीन थिए । उनै मनाङेले संसद विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताएका छन् ।

गुरुङ क्याबिनेटमा उनी युवा तथा खेलकुद मन्त्री हुन् । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद मनाङेलाई मन्त्री बनाएका थिए । पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लोपछिक वैशाख २९ गते पुन मन्त्रीमा नियुक्त भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले  २७ मत पाए । मुख्यमन्त्रीले मन्त्री बनाएका राजीव गुरुङ (दीपक मनाङे) ले उनको साथ छोडेपछि १ मत कम भएको हो । बहुमतका लागि ३१ मत चाहिने थियाे ।

वैशाख २६ मा राजीनामा दिएमा मुख्यमन्त्री गुरुङ २९ गते पुन नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले संसदको फेस गरेका हुन् ।
कुनै आन्तरिक चलखेल नभए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्नेछन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग