संसद बैठक फेरि सुरु, मुख्यमन्त्रीले जवाफ दिँदै, यसपछि मतदान

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
speaker

पोखरा । आधा घन्टाका लागि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक १ घन्टा ढिला गरी सुरु भएको छ ।

आजको दोस्रो बैठकमा मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।
त्यसपछि मत विभाजनमा जाने कार्यसूची तय भएको छ ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीसँग २७ मत छन् । मुख्यमन्त्रीले मन्त्री बनाएका राजीव गुरुङ (दीपक मनाङे) ले उनको साथ छोड्ने बताएका छन् । बहुमतका लागि ३१ मत चाहिन्छ । कतैबाट फ्लोर क्रस नभएमा मुख्यमन्त्रीको पद नजोगिनी निश्चित छ ।

वैशाख २६ मा राजीनामा दिएमा मुख्यमन्त्री गुरुङ २९ गते पुन नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले संसदको फेस गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width