लकडाउनले दूध बिकेन, दूध गाईंभैंसीलाई खुवाउन वाध्य छन् किसान

श्रीभद्र पौडेल
जेठ २७, २०७८
24 news shreebhadra

हेमजा ।  कास्कीको ढिकुरपोखरी पछिल्लो समय दुधगाउँको रुपमा परिचित छ । यहाँका अधिकांश मानिस दुध बिक्री वितरण गर्दछन् । तर कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञाले उनीहरुको व्यवसाय नराम्ररी प्रभावित बनेको छ । कतिपय किसान उत्पादित दुधले बजार नपाउँदा गाईभैंसीलाईलाई खुवाउन बाध्य छन् ।
अन्नपूर्ण गाउँपालिका वडा ३, मराउँचेमा करिब ३० घर छन् । कृषिमा आवद्घ यहाँका अधिकांश घरपरिवारले दुध बिक्रीका लागि कम्तीमा एउटा गाई र भैंसी पाल्दै आएका छन् । स्थानीय प्रगतिशील युवा क्लब प्राङ्गणमा नागडाँडा दुग्ध संहकारीले संकलन डिपो पनि स्थापना गरेको छ । डिपोमा हरेक दिन बिहान २ सय १० देखि २ सय ३० लिटरसम्म दुध संकलन गरिन्छ ।

बाँदर र असिनाले वर्षेनी सताउने किसानलाई गाउँमै डिपो स्थापनाले खुसीको सञ्चार ल्यायो । किसान उत्साहित हुँदै दुग्ध व्यवसायमा होमिए । करिब ३ वर्षयता यो गाउँ दुधगाउँकै फराकिलो परिचय खोज्दै थियो । मराउँचेवासीले दुध बिक्रीबाट खर्च कटाएर स्थानीय प्रगतिशील कृषि उत्पादक सहकारीमा मासिक केही रकम समेत बचत गर्ने गर्दछन् ।

नागडाँडा दुग्ध उत्पादक सहकारीले लकडाउन कारण देखाउँदै सातामा २ दिन दुध संकलन रोकेपछि किसानमा निराशा छाएको हो ।

अहिले कोरोना कहरसँगै उनीहरु दुग्ध व्यवसायबाट भने त्यति सन्तुष्ट छैनन् । किनकि उत्पादित दुध सधैं बिक्री हुन्छ भन्ने ठेगान छैन । दुध संकलन गरिहेको नागडाँडा दुग्ध उत्पादक सहकारीले बजार माग मध्यनजर गर्दै कहिलेकाही दुध संकलन रोक्ने गरेको छ । सहकारीले लकडाउन कारण देखाउँदै सातामा २ दिन संकलन रोकेपछि किसानमा निराशा छाएको हो । लकडाउन लम्बिए सातामा ३ दिनसम्म पनि डिपो बन्द गर्नुपर्ने जनाइएको छ ।

‘यतिबेला दुध, पनीर र दहीको माग कम छ । गाईभैंसीलाई खुवाउने दाना महँगिएको छ । दुध पनि बिक्दैन । त्यसैले दानाको सट्टा पानीमा मिसाएर कहिलेकाहीँ दुध नै गाईंभैंसीर्ला नै खुवाउने गरेका छौं,’ स्थानीय किसान बलराम पौडेलले गुनासो पोखे ।

उनले २०७१ यता मराउँचे अर्गानिक कृषि फार्म स्थापना गरी हाल दुग्ध व्यवसायका लागि १२ वटा गाई पालेका छन् । साथै केही तरकारी खेती पनि गर्छन् । उनले दैनिक कम्तीमा ३० देखि ३५ लिटरसम्म दुध उत्पादन गर्ने गरेको बताए । तर सधैँ सबै बिक्दैन ।

उनीजस्तै मराउँचेसहित साविक ढिकुरपोखरीका दुध उत्पादक किसानमा चिन्ता छाएको हो । कोरोना कहरसँगै लकडाउन लम्बिने हो भने व्यवसाय नराम्ररी प्रभावित हुने उनीहरुको अनुमान छ ।

ढिकुरपोखरीमा अधिकारीडाँडा, नागडाँडा, सेराचौर, लक्ष्मीदेउराली, मराउँचे र धारापानी गरी ६ डिपो मार्फत दैनिक बिहानी समयमा दुध संकलन गर्ने गरिन्छ । सिजनमा (भदौदेखि माघसम्म) करिब ३ हजार लिटर र अन्य सिजनमा (फागुनदेखि साउनसम्म) २ हजार लिटरको हाराहारी संकलन हुँदै आएकोमा हाल दैनिक १ हजार लिटरमात्रै दुध संकलन हुने गरेको छ ।

‘लकडाउनले करिब ५० प्रतिशत बजार घटेको छ । किसानद्वारा उत्पादित सबै दुध संकलन गर्न सकिएको छैन । त्यसको व्यवस्थापनका लागि सरकारको पनि ध्यान जान आवश्यक छ,’ नागडाँडा दुग्घ सहकारीका व्यवस्थापक यमप्रसाद अधिकारी भन्छन् ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width