मनाङेले सरकारको साथ छाड्ने, गण्डकीको राजनीति नयाँ मोडमा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
dipak manange

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता टिकाउन टेको बनाएका राजीव गुरुङ (दीपक मनाङे) यसपालि भने साथ छाडेका छन् ।
सरकार जोगाउनकै लागि आफू एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार पनि ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले सत्ता पक्षको साथ छाड्ने निधोमा पुगेको उनले बताएका छन् ।

आफू एकजनाका कारण संसद विघटनबाट जोगिन्छ भने यो सरकारलाई किन साथ दिइरहने भन्ने लागेर आफूले विपक्षी गठवन्धनलाई साथ दिन लागेको उनको भनाइ थियो ।
मनाङे हिजो साँझ भएको मन्त्रिपरिषद बैठकमा पनि सहभागी भएनन् । मनाङेलाई फकाउन मुख्यमन्त्रीले राजीव पहारीसहित ३ सांसदलाई दूत बनाएर पठाएका थिए ।
उनले भनेका छन्, ‘म यता उता भन्दा पनि संसद विघटन हुनहुन्न भन्ने पक्षमा हो, जसले ३१ पुर्‍याएर आउँछ उसैलाई साथ दिने हो ।

मुख्यमन्त्री गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ । मनाङेले साथ छाडेपछि मुख्यमन्त्रीसँग अहिले २७ मत छ । जनमोर्चाका कृष्ण थापा तठस्थ बस्छु भनेको अवस्थामा अब विपक्षीका लागि चाहिने ३१ मत पुग्छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र जनमोर्चा नेपालका २ गरी सभामुखवाहेक ३० मत पुग्नेमा मनाङेले गुट फेरेपछि सरकार चेपुवामा परेको छ ।
विपक्षी गठवन्धनले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width