गण्डकी प्रदेशसभा उपसभामुख शर्मा घाइते

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
srijana srijana

पोखरा, २६ जेठ । गण्डकी प्रदेशसभा उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन् । उनको बायाँ खुट्टाको लिगामेन्ट च्यातिएको छ ।

पोखरा महानगरपालिका वडा २१, फोक्सिड महबारीमा निर्माणाधीन ढलान बाटो अनुगमनमा जाँदा अचानक ढलान पाइप उछिट्टिँदा उनको खुमामा चोट लागेको उनका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिए । घाइतेपछि उपचारार्थ गण्डकी मेडिकल कलेज लगिएकोमा अहिले डिस्चार्ज गरी निवासमै आराम गरिरहेकी छन् । सो घटनामा उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइलीको बायाँ खुट्टा भाँचिएको छ । उनलाई भने अस्पताल भर्ना गरेर राखिएको छ ।

प्रदेश सांसद पूर्वाधार कोषको लगानीमा निर्माणाधीन संगमचोक महबारी ढलान बाटोको अनुगमन गर्न बुधबार सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद कृष्ण थापासहित उपसभामुखको टोली गएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width