वृद्धाश्रमलाई क्यानडा, अमेरिका, लायन्स क्लबको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
Bridasram Help Photo

पोखरा । पोखरा–१८ बाच्छिबुडुवाको वात्सायन वृृद्धाश्रमलाई नेपाली र विदेशी दातासहित लायन्स क्लबले सहयोग गरेको छ ।

वृद्धाश्रमलाई क्यानडा पोखरा समाज, अमेरिकाका हरि खनालको परिवारबाट नगदसहित लायन्स क्लब अफ कुमुद पोखराबाट खाद्यन्न सहयोग गरिएको हो । उक्त नगद र खाद्यान्न बुधबार एक कार्यक्रम आयोजना गरी वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीलाई हस्तान्तरण गरिएको छ ।

क्यानडा पोखरा समाजका अध्यक्ष रमेश केसी र संस्थापक अध्यक्ष वसन्त कार्कीको पहलमा क्यानडामा रहेका नेपालीहरुबाट नगद १ लाख सहयोग आएको अध्यक्ष कार्कीले बताए । त्यस्तै स्व. काशिदेवी खनालको पुण्य स्मृतिमा पोखरा रानीपौवा घरभई हाल अमेरिका बस्ने खनालका पति हरि खनालको संयोजकत्वमा १ लाख ४ हजार १ सय १ सहयोग प्राप्त भएको उनले जानकारी दिए । खनालकी पत्नी गोमा खनाल, छोराबुहारी कृष्ण खनाल र गंगा खनालसहित नाति÷नातिनी बुहारी अंकित खनाल र तोषिका खनालले एकमुष्ट सहयोग गरेका हुन् ।

उक्त अवसरमा लायन्स क्लब अफ कुमुद पोखराकी प्रथम उपाध्यक्ष सोविता खड्काले १२ हजार ७ सय बराबरको खाद्यान्न वृद्धाश्रमलाई दिएकी छिन् ।

केही दिन अगाडि पोखरा सिद्धार्थचोक बगालेटोल निवासी विष्णुप्रसाद श्रेष्ठ ‘अल्पविराम’को पहलमा २२ हजार बराबरको खाद्यान्न सहयोग गरेका उनले जानकारी गराए । अध्यक्ष कार्कीले सहयोग नगद र खाद्यान्नको सही सदुपयोग गर्ने बताए । आगामी दिनमा पनि वृद्धाश्रममा रहेका १७ जना वृद्धवृद्धाका लागि अन्य ठाँउहरुबाट पनि सहयोगको अपेक्षासहित सहयोगीहरुलाई धन्यवाद् दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width