सर्वाच्चकाे आदेश सच्याउन माग गर्दै सभामुखले दिए सर्वाेच्चमा निवेदन

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
speaker

पोखरा । राष्ट्रिय जनमाेर्चाले साधारण सदस्यबाट समेत हटाएका सांसद कृष्ण थापालाई पुनर्वहालीकाे आदेश सच्चयाउन गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले सर्वाच्चमा निवेदन (भ्याकेट) दिएका छन् ।

निवेदन हिजाे नै सर्वाेच्चमा पुगे पनि आज मात्र दर्ता भएको छ  । थापाले रिटमा संसद सचिवालयलाई समेत विपक्षी बनाएर रिट दर्ता गरकाेमा न्यायाधीश कुमार चुडालकाे इजलासले पुनर्वहाली गर्न अन्तरिम आदेश गरेको थियो ।

जनमाेर्चाकै सांसद पियारी थापाले समेत भ्याकेटका लागि निवेदन दिएकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width