महिला स्वयंसेवीलाई अक्सिमिटर प्रदान

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
Ward no. 9 Photo

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ ले स्वयंसेविका र स्वास्थ्यका कर्मचारीलाई अक्सिमिटर प्रदान गरेको छ ।

वडाध्यक्ष रामराज लामिछानेले पोखरा ९ को सहरी स्वास्थ्य केन्द्रकी प्रमुख अञ्जु शर्मा कोइरालालाई १५ थान अक्सिमिटर हस्तान्तरण गरेका हुन् । वडाको स्वास्थ्यको बजेटबाट वडाका जनताको अक्सिजनको अवस्था कस्तो छ भनेर जाँच गर्न सहयोग गरिएको वडाध्यक्ष लामिछानेले बताए । वडामा रहेका १२ जना स्वयंसेविका र ३ जना सहरी स्वास्थ्य केन्द्रका कर्मचारीलाई १÷१ थान अक्सिमिटर सहयोग गरिएको उनले जानकारी दिए ।

कोरोना महामारीमा मानिसको अक्सिजन परीक्षण गर्न अक्सिमिटरको महत्व निकै बढेको भन्दै उनले कुनै पनि स्वास्थ्य उपचारबाट वडाकासी बञ्चित हुन नहुने आफ्नो उद्देश्य रहेको सुनाए । उनीहरुले आ–आफ्नो भेग छुट्याएर वडाका सबैको अक्सिजनको मात्रा जाँच गर्ने पनि उनको भनाइ थियो । केन्द्रलाई वडा कार्यालयले यसअघि डिजिटल बिपी टेस्ट सेट प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width