सूदूरपश्चिममा भट्ट सरकारलाई विश्वासको मत

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
trilochan bhatta

पोखरा ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन। प्रदेशसभामा मंगलबार भएको मतदानमा मुख्यमन्त्री भट्टका पक्षमा ३० मत परेको थियो।

५२ (सभामुखसहित)  जना रहेको प्रदेशसभामा मुख्यमन्त्रीले प्राप्त गरेको ३० मत तत्काल कायम रहेका प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका हुन्।

नेकपा एमालेका ७ र राजपाका २ जनाले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए। कांग्रेसका १२ जनाले भने कुनै पनि पक्षमा मतदान गरेनन्।

Related News

सम्बन्धित समाचार

hero news full width