रुपामा ‘महामारीमा कांग्रेस, दुखमा कांग्रेस’

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
Rupa Photo

पोखरा  । नेपाली कांग्रेस रुपा गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले ‘माहामारीमा कांग्रेस, दुखमा कांग्रेस’ अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत शनिबार वडा १, खाल्टे र स्यास्त्रीका २९ घर परिवारलाई सहयोग गरेको छ । साथै वडा ७, ठूलवेंसीका १ घरपरिवारलाई पौष्टिक आहार, मास्क, सेनिटाइज र टोलटोलमा अक्सिमिटर वितरण गरेको कांगे्रसनेतृ गिमाया गुरुङले जानकारी दिइन् । कार्यक्रममा वडाध्यक्ष दीपककुमार आले र दयासागर सुवेदीसहित पार्टी इकाइ सभापति र प्रतिनिधिको समन्वय थियो ।

बाढी, पहिरो, भूकम्प र महामारीको समयमा सधैँ साथमा रहन तयार रहेको नेपाली कांग्रेस रुपा गाउँपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width