विपन्न परिवारलाई कांग्रेसको राहत

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
syangja rahat

स्याङ्जा । नेपाली कांग्रेस अर्जुनचौपारी वडा ४, रापाकोटले वडाका ७५ घरपरिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

वडा कार्यसमितिको समन्वयमा आर्थिक संकलन गरी ज्याला मजदुरीबाट जीवन गुजाार गर्दै आएका विपन्न परिवारलाई १ सय ५० बोरा चामल र नुन उपलब्ध गराइएको हो ।

बढ्दो कोरोना संक्रमण जोखिमका कारण झन्डै १ महिना जति लामो निषेधाज्ञाका कारण लक्षित वर्गलाई राहत वितरण गरिएको वडाध्यक्ष बेलप्रसाद गुरुङले जानकारी दिए ।

सो कार्यक्रमका लागि वडाध्यक्ष बेलप्रसाद गुरुङ, नेपाल महिला संघ अर्जुनचौपारीका सभापति सपना गुरुङ, कांग्रेसका नेता भुवनसिंह गुरुङ, दीपक सुनार, केशव चापागाईं, सन्तोष गुरुङ, डेमोक्रेसी अफ स्कुल अर्जुनचौपारीका अध्यक्ष कमल अर्याल लगायतलेसहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width