स्याङ्जामा निषेधाज्ञा थपियो

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
syangja

वालिङ  । स्याङ्जामा निषेधाज्ञा जेठ ३१ सम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा अवधि जेठ ३१ गते राति १२ सम्म बढाएको हो । यसअघिको आदेश सोमबारदेखि सकिँदै थियो ।

जिल्लामा कोभिड संक्रमण दर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

आदेशमा दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण दैनिक बिहानमा मात्रै सञ्चालन गर्ने, बिहान ५ देखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्य सामग्री दुध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ अत्यावश्यक निर्माणजन्य सामग्री सञ्चालन गर्न पाउने उल्लेख छ ।

राजस्व संकलन, विपद् व्यवस्थापन, सरकारी कामकाजको प्रयोजनबाहेक सबै बैंक तथा वित्तीय संस्था बन्द गर्नुपर्ने, अत्यावश्यक काम परी बैंकिङ सेवा सञ्चालन गर्नुपरेमा सम्बन्धित पालिकाकाको लिखित अनुमतिमा सञ्चालन गर्न सकिने निर्णय भएको छ । निषेधाज्ञा समयमा पहिलाजस्तै यसपटक पनि औषधि तथा अत्यावश्यक सेवा २४ सै घन्टा खुल्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width