निषेधाज्ञाले पाठ्यपुस्तक अभाव

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
book 1

पोखरा। जारी निषेधाज्ञाका कारण नयाँ शैक्षिक सत्रका लागि गण्डकीका विभिन्न जिल्लामा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन ।

हिमाली जिल्ला मनाङ र मुस्ताङमा फागुनमै नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन । शैक्षिकसत्र सुरु भएको ४ महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ ।

गण्डकीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री केन्द्रको पोखरास्थित प्रादेशिक कार्यलयमा सबै कक्षाका पाठ्यपुस्तक भण्डार कक्षमा आइसके पनि बाहिरी जिल्लामा भने हालसम्म नगएको कार्यालयका वरिष्ठ सहायक शिवविलास पौडेलले जानकारी दिए । कार्यालयले नवलपुरबाहेक प्रदेशका १० वटै जिल्लामा सामुदायिक विद्यालयका पुस्तक वितरण गर्दै आएको छ ।

हिमाली जिल्ला बाहेक प्रदेशका अन्य जिल्लाका सामुदायिक विद्यालयमा आगामी असार १ देखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र सुुरु हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width