Worldlink ads

राष्ट्रिय संगीतकर्मी संघको ४३ परिवारलाई राहत

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
music~rahat

पोखरा, २४ जेठ । राष्ट्रिय संगीतकर्मी संघ कास्कीले जिल्लाका विभिन्न ४३ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड–१९ कारण सबै क्षेत्र प्रभावित भएको भन्दै यसपालि पनि राहत वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी गराए।

संघ कास्की अध्यक्ष ऋषिराम दाहालले कलाकारको हकहितसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै जानेक्रममा राहत वितरण कार्यक्रम गरेको बताए।

लेखनाथमा राहत लिँदै सुत्केरी महिलाका पति युवराज बजगाईंले राष्ट्रिय संगीतकर्मी संघ कास्कीप्रति आभार व्यक्त गरे । दोहोरी साँझ व्यवसाय संघ कास्की कोषाध्यक्ष जयकुमार परियारले संगीतकर्मी संघको राहत वितरण अभियानमा आफ्नो पनि साथ रहेको बताउँदै कलाकारको हकहितका लागि काम गर्ने बताए।

राहत वितरण कार्यक्रममा खास्टे ताल विकास समिति अध्यक्ष हरिप्रसाद अधिकारी, समाजसेवी इन्द्रराज रानाभाट, पत्रकार भीमपाणि बराल, संस्थाका सल्लाहकार फर्सबहादुर भाट क्षत्री, सल्लाहकार नारायणप्रसाद सिग्देल, संगठन विभाग प्रमुख ईश्वरराज भण्डारी, समाजसेवी मित्रलाल सिग्देल, संस्थाका कास्की जिल्ला इन्चार्ज लीला पौडेल लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

    • मन्त्रमुग्ध बनाउने ठाडोभाकाका नवप्रतिभा

      आदर्श समाज सम्वाददाता असाेज १०, २०७८
      दुराडाँडा । सुन्दरबजार नगरपालिका ४ दुराडाँडास्थित संस्कृति सदन माविको हातामा जादुमय कला र गलामार्फत् ठाडोभाका घन्किरहेको थियो । ठाडोभाकाका नवप्रतिभा…
    • ठाडोभाकाका महानायक धम्पुको सम्मान

      आदर्श समाज सम्वाददाता असाेज ५, २०७८
      लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाकाका महानायक बुद्धिमान दुरा ‘धम्पु’लाई सम्मान सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान…
    • सबुलाई तीजगीत दोहोरी प्रतियोगिताको उपाधि

      आदर्श समाज सम्वाददाता भाद्र २२, २०७८
      पोखरा  । हाम्रो घरले आयोजना गरेकोे खुला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको उपाधि सबु सर्गमले जितेकी छन् । ६३ प्रतियोगीलाई…
    • माछापुच्छ्रे हिमचुलीको … म्युजिक भिडियो सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७८
      पोखरा । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियो माछापुच्छ्रे हिमचुलीको…” शुक्रबार सार्वजनिक…
    • ‘क्या बबाल’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण ६, २०७८
      पोखरा । कलाकारद्वय रोहन नेपाली र बिना राउत अभिनित म्युजिक भिडियो ‘क्या बबाल’ सार्वजनिक भएको छ । मनि खालिङको प्रस्तुतिमा निर्माण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads