कास्कीमा कोभिड संक्रमणको तथ्यांकगत विश्लेषण

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
Kaski covid
  • कास्कीमा कोभिड १९ संक्रमण भेटिएको एक वर्ष पूरा भएको छ। पोहोर जेठ २३ गते पहिलो पटक कास्कीमा एक जनालाई संक्रमण पुष्टि भएको थियो।
  • एक वर्षको अवधिमा २१ वर्षदेखि ४० वर्षको उमेर समूहमा सबैभन्दा बढी संक्रमण भएको छ। यो समूहमा कूल संक्रमणको झण्डै आधा (४५.७३ प्रतिशत) संक्रमण भएको छ। ५१ देखि ६० वर्षको उमेर समूहमा १३.७५ प्रतिशत संक्रमण भेटिएको छ। ६१ देखि ८० वर्षको उमेर समूहमा झण्डै ११ प्रतिशत संक्रमण भेटिएको छ भने ८० वर्ष माथिको उमेर समूहमा झण्डै २ प्रतिशत संक्रमण पहिचान भएको छ। १० वर्षसम्मका बालबालिकामा २ प्रतिशत र ११ देखि २० वर्षसम्मका किशोरकिशोरीहरुमा कूल संक्रमणको झण्डै ७ प्रतिशत संक्रमण भेटिएको छ।
  • कूल संक्रमित मध्ये ५८ प्रतिशत पुरुष रहेका छन् भने ४२ प्रतिशत महिला रहेका छन्।
  • पहिलो लहरमा सबैभन्दा बढी संक्रमित २०७७ कात्तिक २९ गते पहिचान भएका थिए। त्यो दिन २०८ जना संक्रमित फेला परेका थिए।
  • दोस्रो लहरमा पहिलो लहरको भन्दा दोब्बर अर्थात् ५७८ जना गत जेठ ११ गते एकै दिन संक्रमित पहिचान भएका थिए।
  • कास्कीमा दोस्रो लहरको सुरुवात मध्य वैशाखदेखि भएको थियो जेठको मध्यसम्म उच्चबिन्दूमा पुगेको थियो।
  • जेठको तेस्रो सातादेखि कोभिड(१९ संक्रमणको नयाँ केसको संख्या घट्दो क्रममा छ।
  • वैशाख १३ गतेदेखि कास्की जिल्ला भर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको थियो। निषेधाज्ञा हालसम्म जारी छ। निषेधाज्ञाले नयाँ संक्रमित हुनेको संख्या तुलनात्मक रुपमा घटाएको त छ। तर जोखिम कायमै देखिन्छ।

तथ्यांक विश्लेषणः उमेश श्रेष्ठ

Related News

सम्बन्धित समाचार

    • २० मन्त्री पदमुक्त

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय गरिदिएको छ । योसँगै प्रतितिनि सभा विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त…
    • गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार   

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      गण्डकी ।  गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को…
    • कास्कीमा साढे ५७ हजारले लगाए कोरोना खोप

      धनबहादुर गुरुङ असार ८, २०७८
      पोखरा । कास्कीमा करिब साढे ५७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार जिल्लामा कुल ५७ हजार…
    • संक्रमित खोज्न वडा तहमा एन्टिजेन

      सविन लामिछाने असार ७, २०७८
      दमौली । शुक्लागण्डकी ७ का ३५ वर्षीय पुरुषले वडास्तरमा खटिएको स्वास्थ्यकर्मीको टोलीसमक्ष स्वाब दिए । एन्टिजेनमार्फत गरिएको परीक्षणमा रिपोर्ट भने…
    • सत्ता किचलोले बजेटमा विलम्ब

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । गण्डकीमा अहिले सत्ता किचलो बढी छ । संविधानको धारा १६८ (५) अनुसार गठित कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले जेठ…

    hero news full width

    sanil ads

    wordlink ads