दुलेगौंडा । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको जेठ १२ मा हृदयघातले ४८ वर्षको उमेरमा निधन भएको थियो ।
निधनको १३ दिनको पुण्यतिथिमा आइतबार ३ लाख रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको हो । समितिका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले कोषको घोषणा गर्दै विभिन्न ३ विधामा क्रियाशील व्यक्तिलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिने जानकारी दिए । रेडियोका सेयरधनी सदस्यबाट स्वतःस्फूर्त र केही रकम उनको परिवारबाट समेत जम्मा हुने गरि सो बराबरको अक्षयकोष स्थापना गरिएको उनले बताए ।
सो रकमको प्राप्त ब्याजबाट रेडियो स्थापना भएको दिन अवसरमा नगदसहित सम्मान गरिने रेडियोका वरिष्ठ उपाध्यक्ष ज्योति श्रेष्ठको भनाइ छ । सो पुरस्कार पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील व्यक्तिलाई सम्मान गरिने छ ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
प्रदेश सरकार उलटपुलट
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१