गण्डकीमा साढे ३६ हजारले कोरोना जिते

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
Corona Banner

पोखरा  । गण्डकी प्रदेशमा आइतबारसम्म ३६ हजार ५ सय १७ जनाले कोरोना जितेका छन् । अहिलेसम्म प्रदेशमा कुल संक्रमित ४६ हजार ५ सय हँुदा ३६ हजार ५ सय १७ जनाले कोरोना जितेका हुन् ।

आइतबारमात्र ७ सय ४४ जनाको कोरोनामुक्त भए । पछिल्लो समय कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिन्छ । आइतबार प्रदेशभर ५ सय १३ जनामा संक्रमण भएको थियो । पछिल्लो एक हप्तामा ४ हजार ८ सय १८ जना संक्रमित हुँदा ६ हजार २ सय ८५ जनाले कोरोना जितेका छन् । नेपालभर पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ३६ संक्रमणमुक्त भएका छन् ।

प्रदेशमा थप ५ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा थप १ सय ६३ मा संक्रमण पुष्टि भएको छ । १ हजार ६ सय ८६ परीक्षणमा प्रदेशमा थप ५ सय १३ मा संक्रमण भएको निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको हो ।

आइतबार म्याग्दीका ५, पर्वतका ५, गोरखाका १ सय १३, लमजुङका २२, तनहुँका ४४, बागलुङका ४९, स्याङ्जाका ५७ र नवलपुरका ५५ जना गरी २ सय ६८ पुरुष तथा २ सय ४५ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकीमा कुल संक्रमित संख्या ४६ हजार ५ सय पुगेको छ ।

नेपालभर गएको २४ घन्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पिसिआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी कुल ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकीमा १६ को मृत्यु

पोखराका अस्पतालमा उपचाररत १२ जनासहित गण्डकी प्रदेशका थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७ सय ६२ पुगेको छ । मृतकमध्ये कास्कीका ७, स्याङ्जाका २, तनहुँका २, पर्वतका १ र नवलपुर जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

देवचुली २ का ६० वर्षीय पुरूषको शुक्रबार मध्यबिन्दु अस्पतालमा मृत्यु भएको छ । नवलपरासीकै कावासोती ४ का ८१ वर्षीय पुरूषको चितवन मेडिकल कलेजमा उपचारक्रममा निधन भएको छ । तनहँको शुक्लागण्डकी नगरपालिका १० का ८२ वर्षीय परूषको फेवासिटी अस्पताल पोखरामा उपचारको ज्यान गएको हो । तनहुँकै म्याग्दे गाउँपालिका ४ का ७५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी, स्याङ्जा वालिङ नगरपालिका ६ का ४८ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा निधन भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको भिरकोट नगरपालिका ४ की ७७ वर्षीया महिला र पर्वत मोदी गाउँपालिका ८ की २२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका २९ की ५९ वर्षीया महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ज्यान गएको छ ।

पोखरा १३ का ४९ वर्षीया पुरूष, पोखरा २४ का २२ वर्षीय पुरूष र पोखरा १७ की २५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

माछापुच्छ«े गाउँपालिका ४ का ७२ वर्षीय पुरूषको ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा मत्यु भएको छ । पोखरा १८ की ६३ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा र पोखरा १५ की ६२ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा निधन भएको छ ।

योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width