थप ६८ संक्रमितको मृत्यु, मृतकको संख्या ७७९९

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
Corona Death

फाइल फोटो ।

पाेखरा ।  विगत २४ घण्टायता नेपालमा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ७ हजार ७९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

उक्त अवधिमा देशभर ५ हजार ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ५४० जनाको पीसीआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो।

शनिबार ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६८ मृतक थपिएका छन्।

योसँगै नेपालमा ५ लाख ८५ हजार एक सय जनालाई संक्रमण भएको पीसीआर विधिमार्फत् पुष्टि भएको छ भने १३ हजार १०४ जनालाई एन्टिजेन विधिमार्फत् संक्रमण भएको पुष्टि भएको छ। यीमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७१ को पीसीआर र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width