गल्याङ नगर अस्पताललाई बिपिसीको सहयोेग

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
bpc help

स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) ले गल्याङ नगर अस्पतालका लागि झन्डै ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बिपिसीअन्तर्गत आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोलप्रसाद खरेलले गल्याङ नगर प्रमुख भूपराज अधिकारीलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

बिपिसीले २ अक्सिजन कन्सन्टे«टर, १ सय ५० थान एन्टिजिन टेस्ट किट, ६ थान अक्सिजन ग्यास सिलिन्डर, १० थान अक्सिजन रेगुलेटर, ८ थान पल्स अक्सिमिटर, ३५ पिपिई सेट र १५ सर्जिकल पञ्जा उपलब्ध गराएको हो । यसैगरी, १ हजार ८ सय मास्क, ८० लिटर ह्यान्ड सेनिटाइजर, ८० वटा फेस सिल्ड, ५ सय वटा सर्जिकल हेड क्याप रहेका छन् ।

अस्पताल अध्यक्ष समेत रहेका नगर प्रमुख अधिकारीको समन्वयमा ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको केन्द्रका प्रमुख खरेलले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख अधिकारी र वडा ३ अध्यक्ष महेश भट्टराईले नगर अस्पतालका लागि बिपिसीको सहयोगले यहाँका कोरोना संक्रमितले तत्काल उपयोग गर्न पाउने बताउँदै स्वास्थ्य सामग्री अस्पतालका लागि उपयोगी हुने उल्लेख गरे ।
बिपिसीमार्फत आँधीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत स्याङ्जा र पाल्पा जिल्लामा वितरण गरिएको छ । आँधीखोला जलविद्युत आयोजना ९ दशमलव ४ मेगावाट क्षमताको छ । यसको प्रधानकार्यालय गल्याङमा छ ।

Related News

सम्बन्धित समाचार

    • पोखरा स्पोर्टस् अवार्ड असार १८ मा, समारोह भर्चुअलमार्फत हुने

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा, ८ असार । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका…
    • स्याङजामा थपियो एकसाता निषेधाज्ञा

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा एक साता थप भएको छ । सोमबार १२ बजेदेखि सकिँदै गरेको निषेधाज्ञालाई पुनः १५ गते सम्मका…
    • ६५५ कोरोनामुक्त, ६ को मृत्यु

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितमध्ये सोमबार ६ सय ५५ जना निको भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेको…
    • कास्कीमा साढे ५७ हजारले लगाए कोरोना खोप

      धनबहादुर गुरुङ असार ८, २०७८
      पोखरा । कास्कीमा करिब साढे ५७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार जिल्लामा कुल ५७ हजार…
    • एक घर एक रोजगार

      रासस असार ७, २०७८
      गलकोट । बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर…

    hero news full width

    sanil ads

    wordlink ads