वडासचिव लोकदर्शनले छुट गरे घरभाडा

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
lok darsan

पोखरा, २२ जेठ । पोखरा महानगरपालिका वडा ९ का वडासचिव लोकदर्शन कोइरालाले लकडाउनको बेलामा १ महिनाको घरभाडा छुट घोषणा गरेका छन्।

पोखरा ५, पस्र्याङ निवासी कोइरालाले आफ्नो घरमा भाडामा बस्नेहरुलाई भाडावापत प्राप्त हुने ५४ हजार ५ सय रुपैयाँ छुट दिने घोषणा गरेका हुन्।

पोखरा उपत्यका बृहत सफाइ अभियानका अभियन्तासमेत रहेका समाजसेवी कोइरालाले कोरोना प्रभावका कारण जारी लकडाउनले समस्या पारेको हुँदा केही भए पनि राहत पुगोस् भनी १ महिनाको घरभाडा छुट गरेको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width