भारतमा संक्रमित अझै पनि दैनिक १ लाख माथि

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
Corona Banner

पोखरा, २२ जेठ । विश्वमा दोस्रो बढी कोरोना संक्रमित संख्या रहेको भारतमा संक्रमण दर उस्तै छ । भारतमा दैनिक संक्रमितहरुको संख्या अझै पनि १ लाखभन्दा बढी नै रहेको छ । केही दिनदेखि दैनिक संक्रमित संख्या घट्दै गइरहे पनि १ लाखभन्दा बढी नै रहेको पाइएको सरकारी अधिकारीहरुले शनिबार जनाएका छन् ।

गएको २४ घण्टामा १ लाख २० हजार ५ सय २९ जना संक्रमित भएका छन् । यो संख्या अघिल्लो साताको शुक्रवारको भन्दा ११ हजार ८ सय ३५ ले मात्र कम हो ।

भारतमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म २ करोड ८६ लाख ९४ हजार ८ सय ७९ जना मानिस संक्रमित भइसकेका छन् । सक्रिय संक्रमित १५ लाख ५५ हजार छन् ।

भारतमा पछिल्लो समय एक दिनमा ३ हजार ३ सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या ३ लाख ४४ हजार ८२ पुगेको छ ।

संक्रमितमध्ये गएको २४ घण्टामा १ लाख ९७ हजार निको भइ घर फर्केका छन् । हालसम्म निको हुने २ करोड ६७ लाख पुगिसकेका छन् । निको हुने प्रतिशत ९३ छ । एजेन्सीको सहयोगमा

Related News

सम्बन्धित समाचार

hero news full width