४४ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
blood donation

पोखरा । कोरोना भाइरस महामारी कारण नियमित रक्तदान कार्यक्रम प्रभावित भएको बेला रेडियो सराङकोटको समन्वयमा तेस्रो चरणको रक्तदान भएको छ । कार्यक्रममा ४४ युनिट रगत संकलन भयो ।

लायन्स क्लब अफ पोखरा सराङकोट र लायन्स क्लब अफ पोखरा तालबाराहीको संयोजनमा पोखरा १८ सराङकोट पीपलडाँडी र सराङकोट भ्यू पोइन्टमा रक्तदान कार्यक्रम भएको हो ।

रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापाले महामारीमा मानवीय सहयोगसँगै बजारबाट केही टाढा रगत संकलन गर्दा समाजमा सकारात्मक एकताको सन्देश गएको बताए । रेडियोले जेठ महिनाभर अन्य संघसंस्थाको सहकार्यमा घुम्ती रक्तदानसँगै आकस्मिक सहयोगका कार्यक्रम गर्दै आएको सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

रक्तदान कार्यक्रमको शुभाराम्भ गर्दै लायन्स रक्तदान कार्यक्रम प्रमुख बालकृष्ण शर्माले महामारीमा मानवीय कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

लायन्स पोखरा तालवाराहीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य आसबहादुर गुरूङ, लायन्स कलस्टर प्रमुख ऋषि गिरी, लायन्स पोखरा तालवाराहीका संस्थापक अध्यक्ष भीष्मराज पौडेल, पूर्व अध्यक्ष दीपेन्द्र राई, लायन्स पोखरा सराङकोटका अध्यक्ष मोतिलाल तिमिल्सिना, सराङकोट टप टोल संस्थाका अध्यक्ष सुशील जिसी, रेडियो सराङकोटका निर्देशक छविलाल तिमल्सिना, सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति महासचिव शमशेरबहादुर थापा, जनजागृत मावि अध्यक्ष दिलबहादुर जिसी, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, पीपलडाँडी टोल संस्थाका उपाध्यक्ष बुद्धि पुन, महिला समाजका अध्यक्ष तारा पुन, पं. सोमनाथ सुवेदी, कार्यक्रम संयोजक शिवप्रसाद तिमिल्सिना लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width